English

द भ्वाइस किड्स नेपालकी फाइनलिस्ट रुक्सना सम्मानित



द भ्वाइस किड्स नेपालकी फाइनलिस्ट रुक्सना लिम्बूलाई धरानमा भव्य स्वागत गरिएके छ। बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार भव्य कार्यक्रक गरिएको हो।

कार्यक्रममा रुक्साना लिम्बू जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा रुक्साना लिम्बू जिताऔं अभियान धरानले एउटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो।

गीतमा शब्द मिना सिंगक लिम्बू र संगीत सेमिहाङ सिगंकको हुनेछ। मोसन पिक्चर्सले दुईवटा म्युजिक भिडियो निर्माण घोषणा, सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एउटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो।

यस्तै राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेशपायल राई फाउन्डेसनको तर्फबाट दुईवटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो। जसमा राजेशपायल राईको समेत स्वर तथा संगीत रहने छ।

कार्यक्रममा अभियान टिमलाई गीत निर्माणका लागि बालकृष्ण सिंगकले सहयोगार्थ १० हजार र रुक्सनाको आगामी प्रोजेक्टका लागि व्यवसायी टंक लिम्बूले २५ हजारको चेक हस्तान्तरण गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested