English

विश्व इतिहासमा घटेका मुख्य पाँच घटना यी हुन्



आज ३१ जनवरी २०२२। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। केही घटना यस्ता छन् :

श्रीलंकामा शक्तिशाली विस्फोट

सन् १९९६ मा श्रृलंकामा शक्तिशाली बम बिस्फोट हुँदा ९१ जनाको मृत्यु भएको थियो। राजधानी कोलम्बोस्थित केन्द्रीय बैंक अगाडि बिखन्डनकारी तमिल विद्रोहीले विस्फोटक पदार्थले भरिएको एउटा ट्रकलाई बिस्फोट गराएको थियो।

अमेरिकामा दास प्रथा अन्त्य

सन् १८६५ मा अमेरिकी संविधानमा १३औं संशोधन परित भएको थियो। सो संशोधनले अमेरिकाले औपचारिक रूपमा नै दासप्रथा अन्त्य गरेको थियो।

बेलायत औपचारिक रूपमा इुयुबाट अलग

आजकै दिन बेलायत औपचारिक रूपमा युरोपेली युनियनबाट अलगत भएको थियो। ब्रेक्जिटका पक्षमा मतदान गरेको तीन वर्षभन्दा बढी समयपछि विभिन्न चरणमा भएका वार्तापछि ३० जनवरी २०२० मा बेलायत युरोपेली युनियनबाट अलग भएको थियो।

म्यानमार प्रजातन्त्रतर्फ उन्मुख

सन् २०११ मा म्यानमारको पहिलो निर्वाचित संसद वैठक बसेको थियो। सो घटनाले म्यानमारलाई प्रजातान्त्रतर्फ उन्मुख बनाएको थियो।

अलास्का एयरलाइन्सनको विमान दुर्घटना

सन् २००० मा अलास्का एयरलाइन्सको उडान नम्बर २६१ को विमान प्रशान्त महासागरमा खस्दा विमानमा सवार सबै ८८ जनाको मृत्यु भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो