English

गान्धीको हत्या भएको त्यो कालो दिन



आज सन् २०२२ को ३० जनवरी। सदाको दिन झैं इतिहासमा आज पनि विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। अहिंसावादी नेता महात्मा गान्धीको हत्यादेखि कुख्यात तानाशाह एडोल्फ हिट्लर आजै जर्मनीको चान्सलर बनेका थिए। आज विश्व इतिहासमा भएका केही घटना यस्ता छन् :

पहिलो कम्प्युटर भाइरस

सन् १९८२ मा पहिलो क्रम्प्युटर भाइरस सार्वजनिक भएको थियो, जसलाई एल्क क्लोनर नाम दिइएको थियो। १५ वर्षीय रिचार्ड स्क्रेन्टाले एउटा व्याबहारिक जोकका रुपमा एल्क क्लोनर बनाएका थिए।

ब्लडी सन्डे

बोगसाइड नरसंहारसमेत भनिने उत्तरी आयरल्यान्डको बोगसाइड क्षेत्रमा सन् १९७२ को ३० जनवरीमा सेनाको गोली लागेर १३ निशस्त्र नागरिकहरूको ज्यान गएको थियो। आइबार रक्तपात भएको सो दिनलाई ब्लडी सन्डे भनिन्छ।

इतिहासमै डरलाग्दो समुद्री दुर्घटना

सन् १९४५ मा इतिहासमै डरलाग्दो समुद्री दुर्घटना भएको थियो। दोस्रो विश्वयुद्धको समयमा सोभियत पनडुब्बीले जर्मनीको सेनाको समुद्री जहाज विलहेम गस्टटोल्फलाई डुबाइदिएको थियो। ३० जनवरीमा बाल्टिक सागरमा सोभियत पनडुब्बी एस १३ ले जर्मनी सेनाको विलहेम गस्टलोफलाई डुबाइदिएको थियो। दुर्घटनामा ९ हजार ४०० जनाको मृत्यु भएको थियो।

गान्धीको हत्या

आजकै दिन भारतका राष्ट्रपिता तथा अहिंसाका प्रतिक महात्मा गान्धीको हत्या भएको थियो। सन् १९४८ को ३० जनवरीमा नाथुराम गोड्सेले गान्धीको हत्या गरेका थिए। भारतीय स्वतन्त्रता आन्दोलनका मुख्य अगुवा तथा आध्यात्मिक नेता गान्धी विश्वका महापुरूषहरुमध्ये एक हुन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन गान्धीको ठूलो योगदान थियो थियो। गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई राष्ट्रसंघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।

एडोल्फ हिट्लर जर्मनीका चान्सलर

सन् १९३३ को ३० जनवरीमा एडोल्फ हिट्लर जर्मनीको चान्सलर बनेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested