English

कहिलेसम्म ४० कटेपछि रमाउने ?



‘सुन साइँली साइँली परदेशबाट आउँला
सुन साइँली साइँली ४० कटेसी रमाउँला’

हेमन्त राणाको यो गीतले भनेजस्तै उमेर छँदै परदेश पसेकाहरू उमेर ढल्केपछि घर फर्कन्छन् । वैंशमा नै छाडेकी जीवनसंगिनीको कपाल फुल्न थालिसकेको हुन्छ, आउँला र रमाउँला भन्ने आशा गीतले भनेजस्तै उमेर ४० कटेपछि नै सम्भव हुन्छ ।

कलकलाउँदो उमेरमा पालेका रहरहरू जीवनको तेस्रो घुम्तीमा छल्किरहन्छन्, आँखामा झल्किरहन्छन् । भूतकालमा टुटेका सपनाहरूले बुढेसकालमा भतभती पोलिरहन्छ ।

कसैले विवाह गरेको १५ दिनमै चटक्क छाडेर परदेश जानुपरेको छ । कसैले वैवाहिक उमेर नै परदेशमा बिताउनुपरेको छ । असन्तुलित खानपानले बाँझोपनको समस्या चौतर्फी बढिरहेको छ । महिला–पुरुषमा यौन विकृतिले कयौँको घरबार तहसनहस बनिसकेको छ ।

सबै जना पासपोर्ट बनाउने उमेर पुगेपछि रहरले विदेश जाँदैनन् । अधिकांश कहरले जानुपरेको छ । देशभित्र देखिएका नमिठा यथार्थभित्रका प्रत्यक्ष दृष्टान्तहरूले देशभित्रै जागिर गरेर जिउन सकिन्छ भन्ने साहस र आश दुवै कम हुँदा युवा विदेश पहलायन हुन बाध्य भएका छन् ।

सबै जना पासपोर्ट बनाउने उमेर पुगेपछि रहरले विदेश जाँदैनन् । अधिकांश कहरले जानुपरेको छ । देशभित्र देखिएका नमिठा यथार्थभित्रका प्रत्यक्ष दृष्टान्तहरूले देशभित्रै जागिर गरेर जिउन सकिन्छ भन्ने साहस र आश दुवै कम हुँदा युवा विदेश पहलायन हुन बाध्य भएका छन् । युवा विदेश पलायनको कारण यो मात्र होइन । देशभित्र भइरहेका घुसखोरी, भ्रष्टाचार, अस्थिर राजनीति, नातावाद, कृपावादले पनि युवा पलायनलाई उत्प्रेरित गरिरहेका छ ।

परदेशका आँगन, गल्ली, फराकिला सडक, सपिङ महल, आलिसान बंगाला, श्रमिक क्याम्पमा भेटिरहने नेपालीहरूको गुनासोले परदेशका सकरात्मक पाटाहरूलाई स्वदेशमा पूरा हुन नसकेका सपना, पारिवारिक र सामाजिक बिछोडले एकैछिनमा विस्थापन गरिदिन्छ ।

परदेशमा ठूला-ठूला मेट्रो स्टेसन, फराकिला सडक, ट्राफिक व्यस्थापन अनि सरकारको जनताप्रतिको जिम्मेवारी देख्दा नेपालीले जिब्रो टोक्नुपर्छ । किनकि, हाम्रो देशमा बलात्कार गरेर सडकमा फालिएकी चेलीले समेत न्याय पाउन सक्दिनन्, विकासका उदेकलाग्दा संरचनाहरूको भग्नावेषले देशको करौडौं खर्च मर्मतसम्भारमा नै जान्छ । समृद्धि र विकासको नारा नारामै सीमित बनेको छ । जनता सधैँ एक छाकका लागि भौँतारिनुपरेको छ । नेताहरू धनाढ्य बन्दै गएका छन् । विकास निर्माण सुस्त देखिन्छ ।

नेपालमा यातायातको मात्र हैन हरेक विकासका संरचनाहरू धेरै पछाडि छन् । सामान्य कामलाई सरकार नयाँ युगको शुरुवात भनेर छाती ठोक्छ ।

अफ्रिकी देशहरू युगान्डा , नाइजेरियाका मानिसले समेत नेपालीलाई खिस्याइरहेका छन् । नेपालीहरू सामान्य विकासलाई त ‘ओहो’ भन्छन् भने विकासका दृष्टिले नेपाल धेरै पछि रहेको सहजै अनुमान लगाएर उनीहरू नेपालीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्छन् ।

नेपालमा यातायातको मात्र हैन हरेक विकासका संरचनाहरू धेरै पछाडि छन् । सामान्य कामलाई सरकार नयाँ युगको शुरुवात भनेर छाती ठोक्छ । तर, दुर्गम भेगका जनताहरूले अझै जीवनजल पाउन सकेका छैनन् । गरिबीको कारणले उपचार गर्न नसकेर ज्यान गुमाइरहेका छन् । तराई मधेससहित स्थानमा बाढीपहिरोले धेरैलाई बर्सेनि घरबारविहीन बनाउने गरेको छ ।

अन्यायमा परेकाहरूले न्याय पाउँदैनन् । अपराध गर्नेलाई सजाय हुँदैन अनि कानुन कसको लागि भन्ने विषयले नेपालमा बेला–बेलामा चर्चा पाइरहन्छ । परदेशमा आफ्ना नागरिकलाई परिवार र आफ्नो जीवनगुजाराका लागि इमान, जवान र स्वाभिमानलाई बन्धकी राख्न विवस बनाउने नेता र सरकारलाई लज्जा छैन ।

यो पनि…
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक
नेपालबाट राहत सामग्री बोकेर पहिलोपटक काबुल पुग्यो हिमालय एयरलाइन्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested