English

ब्राबारे बोल्दा विवादमा श्वेता तिवारी



भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन्। श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए।

कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोलेकी थिइन्। ‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’, उनले भनेकी थिइन्। यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको छ। श्वेताले कुन सन्दर्भमा यो कुरा बोलेकी हुन् भन्ने केही खुल्न सकेको छैन।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भनेका छन्। श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिएकी छन्।

उनको विवाद वैवाहिक जीवन आसपास नै छ। उनीमाथि पूर्वपति अभिनव कोहलीले केप टाउनमा खेलाडी ११ को सुटिङमा बिरामी छोरालाई छोडेर गएको आरोप लगाएपछि श्वेता विवादमा तानिएकी थिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य