English

ब्राबारे बोल्दा विवादमा श्वेता तिवारी



भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन्। श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए।

कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोलेकी थिइन्। ‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’, उनले भनेकी थिइन्। यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको छ। श्वेताले कुन सन्दर्भमा यो कुरा बोलेकी हुन् भन्ने केही खुल्न सकेको छैन।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भनेका छन्। श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिएकी छन्।

उनको विवाद वैवाहिक जीवन आसपास नै छ। उनीमाथि पूर्वपति अभिनव कोहलीले केप टाउनमा खेलाडी ११ को सुटिङमा बिरामी छोरालाई छोडेर गएको आरोप लगाएपछि श्वेता विवादमा तानिएकी थिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested