English

झिनो अंकले बढ्यो नेप्से



कारोबार साताको अन्तिम दिन सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से आज भने बढेर बन्द भएको हो।

आज नेप्से परिसूचक ३.२९ अंक बढेर २७७९.९३ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३८ अंक र फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।

नेप्से सामान्य अंक बढेपनि आजको कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२४ कम्पनीको ५० हजार ९६५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ३४ लाख रुपियाँ बराबरको ६६ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, सिईडिबी हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य भने आज सर्वाधिक ४.१४ प्रतिशत घटेको छ।

बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.६९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नेशनल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन्। सो इन्स्योरेन्सको २० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकम, अपि पावर र शिखर इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यो पनि
१०० अंकले नेप्से घट्दा बजार राताम्मे
सेयर बजारमा दोहोरो अंकको गिरावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested