English

झिनो अंकले बढ्यो नेप्से



कारोबार साताको अन्तिम दिन सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से आज भने बढेर बन्द भएको हो।

आज नेप्से परिसूचक ३.२९ अंक बढेर २७७९.९३ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३८ अंक र फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।

नेप्से सामान्य अंक बढेपनि आजको कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२४ कम्पनीको ५० हजार ९६५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ३४ लाख रुपियाँ बराबरको ६६ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, सिईडिबी हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य भने आज सर्वाधिक ४.१४ प्रतिशत घटेको छ।

बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.६९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नेशनल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन्। सो इन्स्योरेन्सको २० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकम, अपि पावर र शिखर इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यो पनि
१०० अंकले नेप्से घट्दा बजार राताम्मे
सेयर बजारमा दोहोरो अंकको गिरावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित