English

सुस्तायो शेयर बजार



साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ । यस अघि सोमबार पनि नेप्से परिसूचक सय अंकले घटेको थियो ।

उता शेयर कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार ३ अर्ब भन्दा धेरैले घटेको छ । ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँमा रोकियो । सोमबार साढे आठ अर्ब माथिको शेयर कारोबार भएको थियो ।

बजार घटे पनि केही कम्पनीहरुको शेयरमूल्य भने राम्रै बढेको छ । सबैभन्दा धेरै बढ्नेमा विन नेपाल लघुवित्त वित्तीय स.स्था देखिएको छ । यस संस्थाको शेयरमूल्य मंगलबार १० प्रतिशतले बढेर ११०६ रुपैयाँमा पुगेको छ ।

दोस्रोमा बुद्धभूमि हाइड्रोपावर र तेस्रोमा पोखरा फाइनान्स कम्पनी देखिएको छ । बुद्धभूमिको शेयर मूल्य पनि करिब १० प्रतिशतल बढेर ४२१.१० मा पुगेको छ भने पोखरा फाइनान्सको ८ प्रतिशतले बढेर ५८८.९० रुपैयाँमा पुगेको छ ।

उता शेयर मूल्य घट्ने कम्पनीहरुमा भने गोर्खाज फाइनान्स, समता लघुवित्त, समिट लघुवित्त, चन्दागिरी हिल्स लगायतका देखिएका छन् ।

गोर्खाजको शेयरमूल्य ४.५८ प्रतिशतले घटेर ८ सय रुपैयाँमा झरेको छ भने समिटको ३ प्रतिशतले घटेर १२१८ रुपैयाँ र समताको पनि ३ प्रतिशतले नै घटेर १२१६ रुपैयाँमा झरेको छ । चन्दागिरीको शेयर मूल्य भने ३९ रुपैयाँले घटेर १३८८ रुपैयाँमा झरेको छ ।

यो पनि
१०० अंकले नेप्से घट्दा बजार राताम्मे
सेयर बजारमा दोहोरो अंकको गिरावट



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested