English

उच्च अङ्कले घट्यो नेप्से परिसूचक



धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार समेत ओरालो लाग्दा दुई हजार ३०० को बिन्दुमा झरेको छ । आजसम्म आइपुग्दा बजार झण्डै एक हजार अङ्कले घटेको छ । यस्तै बजार पूँजीकरण समेत झण्डै रु ११ खर्बले घटेको छ ।

साताको पहिलो दिन नै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लागेको हो । बजारले ‘बियरिस टे«ण्ड’ समातेको भन्दै यस्तो बेला नआत्तिइकन लगानी गर्न जानकारहरूले सुझाव दिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ८८.७० अङ्कले ओरालो लागेर दुई हजार ३६१.२७ अङ्कमा झरेको छ । यो पछिल्ला दिन मध्येको सबैभन्दा न्यून बिन्दु हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.१५ अङ्कले आरोलो लागेर ४५०.०८ अङ्कमा ओर्लिएको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेर तल्लो बिन्दुमा झरेको छ । नेप्सेका अनुसार बैंकिङ ४४.५३, व्यापार १८९.२५, होटल तथा पर्यटन ८७.२६, विकास बैंक २८१.७९, जलविद्युत् १२४.९६, वित्त १००.२७, निर्जीवन बीमा ४९०.१२, उत्पादन १८६.६८, अन्य ६३.०४, लघुवित्त १७५.६३, जीवन बीमा ५०७.६१, सामूहिक लगानी कोष ०.२ र लगानी ३.१५ अङ्कले ओरालो लागेका छन् ।

कारोबारका आधारमा मञ्जश्री फाइनान्स शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ३१ करोड २८ लाख ८३ हजार १९१ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १३ करोड ६३ लाख ७९ हजार ८६७, नबिल बैंक रु ११ करोड ५९ लाख ५२२, महालक्ष्मी विकास बैंक रु आठ करोड २६ लाख १२ हजार ४५३ र अपि पावर कम्पनी रु सात करोड ४ लाख ८३ हजार ८८० बराबरको कारोबार भयो ।

युनिलिभर नेपाल २, स्वाभिमान लघुवित्त २, नारायणी डेभलपमेन्ट बैंक १.४६, गुडविल फाइनान्सको डिवेञ्चर १.३५ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले १.१५ प्रतिशतले कमाए । नयाँ सारथी लघुवित्त १०, लक्ष्मी इक्विटी फण्ड ९.६२, जानकी फाइनान्स ९.१७, नेपाल हाइड्रो डेभलपर ९.०५ र समता घरेलु लघुवित्तको सेयर ८.९६ प्रतिशतले घट्यो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १९ अर्ब ६४ करोड ९८ लाख २३ हजार ९१६ बराबर पुगेको छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
आयातमै लगानी हुन्छ ५० प्रतिशत कर्जा



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested