English

गाउँगाउँमा माटो परीक्षण हुँदा किसान उत्साहित



उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूपमा अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किसानले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् ।

गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा माटो परीक्षण शिविर सम्पन्न गरिसकेको छ ।

उदयपुरगढी गाउँपालिका–४ ढुग्रेका ६४ किसानको माटो परीक्षण गरिएको हो । परीक्षणबाट त्यस क्षेत्रमा आलु खेतीका लागि उपयुक्त रहेको पाइएपछि किसान खुसी भएका छन् ।

चिसो मौसम, मलिलो माटो भएको त्यस क्षेत्रमा आलु खेती गर्न सकिने भएकाले ढुग्रेका कृषक समूहको माग अनुसार पालिका कृषि विकास शाखाले गाउँमै प्रयोगशाला ल्याएको कृषक समूहका अध्यक्ष अर्जुन आले मगरले बताए । मगर भन्छन्, ‘अधिकांश स्थानको माटो आलु रोप्नका लागि माटोको गुणस्तर ठिक रहेको केही स्थानमा चुन हाल्न सुझाव आएकाले कृषि प्राविधिकको सुझाव अनुसार काम गर्नेछौँ ।’

यो पनि…
फुसको छाना हटाउने अभियानमा लापरबाही

पर्यटकका पर्खाइमा आहालडाँडा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested