English

गाउँगाउँमा माटो परीक्षण हुँदा किसान उत्साहित



उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूपमा अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किसानले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् ।

गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा माटो परीक्षण शिविर सम्पन्न गरिसकेको छ ।

उदयपुरगढी गाउँपालिका–४ ढुग्रेका ६४ किसानको माटो परीक्षण गरिएको हो । परीक्षणबाट त्यस क्षेत्रमा आलु खेतीका लागि उपयुक्त रहेको पाइएपछि किसान खुसी भएका छन् ।

चिसो मौसम, मलिलो माटो भएको त्यस क्षेत्रमा आलु खेती गर्न सकिने भएकाले ढुग्रेका कृषक समूहको माग अनुसार पालिका कृषि विकास शाखाले गाउँमै प्रयोगशाला ल्याएको कृषक समूहका अध्यक्ष अर्जुन आले मगरले बताए । मगर भन्छन्, ‘अधिकांश स्थानको माटो आलु रोप्नका लागि माटोको गुणस्तर ठिक रहेको केही स्थानमा चुन हाल्न सुझाव आएकाले कृषि प्राविधिकको सुझाव अनुसार काम गर्नेछौँ ।’

यो पनि…
फुसको छाना हटाउने अभियानमा लापरबाही

पर्यटकका पर्खाइमा आहालडाँडा



सम्बन्धित खबरहरु

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

Latest










Popular
Suggested