English

यी हुन् विश्वमा घटेका प्रमुख चार घटना



आज २७ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। केही घटना यस्ता छन्:

आणविक हतियारसम्बन्धि सन्धि तीन देशबीच सन्धि

सन् १९६७ मा अमेरिका, बेलायत र सोभियत युनियनबीच आणविक हतियारबारे एउटा महत्त्वपूर्ण सन्धि भएको थियो। सन्धिले अन्तरिक्षको बाहिरी सतहमा आणविक हतियार परिचालन गर्न रोक लगाएको थियो।

तीन अन्तरिक्ष यात्रीको मृत्यु

सन् १९६७ को २७ जनवरीमा अन्तरिक्ष अभियान एपोलो १ मिसनको तयारीमा रहेका तीन जना अन्तरिक्ष यात्रीको जलेर मृत्यु भएको थियो। उनीहरूलाई बोकेको यानमा अकस्मात प्राविधिक समस्या देखिएपछि आगो लागेको थियो। सो घटनाले नासाको लुनार अवतरण कार्यक्रमलाई झट्का लागेको थियो।

रुसी फौजद्वारा अस्चिविज स्वतन्त्र

सन् १९४५ मा रुसी फौजले विश्वयुद्धमा नाजीले हत्या गरेको कुख्यात ठाउँ अस्चिविजललाई स्वतन्त्रत गरेको थियो। पोल्यान्डको अस्चिविजनजिक क्याम खडा गरेर जर्मनीको तत्कालीन नाजी शासकले ११ लाख मानिसको हत्या गरेको थियो।

भियतानम युद्ध अन्त्य

सन् १९७३ को २७ जनवरीमा भियतनाम युद्ध समाप्त भएको थियो। फ्रान्सको राजधानी पेरिसमा भएको सन्धिपछि अमेरिकाले भियतानम युद्ध घोषण भएको अन्त गरेको थियो। भियतनाम युद्धमा हजारौंको मृत्यु भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested