English

राशिफल : वृश्चिकलाई काममा सफलता, अरूलाई के हुन्छ ?



आज १३ माघ २०७८ तदनुसार २७ जनवरी २०२२ बिहीबार। माघकृष्णपक्ष दशमी तिथि, वणिज करण, विशाखा नक्षत्र, वृद्धि योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ। आज बिहान ६ः५५ मा सूर्योदय भयो भने १७ः३९ मा सूर्यास्त हुनेछ। बिहान ११ः५५ देखि १२ः३८ सम्म अभिजित मुहूर्त रहेको छ।

१ः३८ देखि २ः५९ सम्म राहुकाल छ। आजको देवता सूर्य र ग्रहदेव बुध छन्। बिहीबारका दिन अध्ययन, अनुसन्धानको कार्यका लागि उपयुक्त दिन मानिन्छ। कुनै शैक्षिक संस्थामा भर्ना गर्ने, शैक्षिक क्षेत्रको भ्रमण र पुस्तक र बालबालिकालाई शैक्षिक सामग्री खरिद गर्दा बिहीबारको दिन शुभ मानिन्छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ। आजको दिन शुरुवात गरेको काम छिटो सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आकस्मिक अर्थलाभ हुनेछ। व्यापारबाट नसोचेको धन प्राप्त हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ। यात्राबाट फाइदा हुनेछ। मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : नयाँ खबरले मनमा खुसियाली छाउने छ। घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ। राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ। सत्कार्यका लागि गरेको कामअनुसारको फल प्राप्त हुनेछ। सकारात्मक सोच राखेर काम र कुरा गर्न उत्तम हुनेछ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ। सोचअनुसारको काम गर्दा फाइदा हुन्छ। व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ। अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ। आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको मिलन फाइदाजनक हुनेछ।   

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहीबार सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला। अनावश्यक विवाद हुनसक्छ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ। त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला। कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : यात्राका लागि अवसर आउनसक्छ। नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ। आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोचअनुसार काम हुनेछ।  व्यापारमा हुनुहुन्छ भने फाइदा हुनेछ। धैर्यको आवश्यकता हुन्छ। सकारात्मक सोच राखेर अघि बढ्नु होला। चन्द्रमाको साथ भएकाले परिवार र आफन्तजनबाटसमेत सहयोग हुनेछ। कुनै शिवालय र वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला। चन्द्रमाको साथ रहेकाले  मनमा प्रसन्नता र उत्साह बढ्ने छ। कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ। आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ। तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको  साथ सहयोगले कार्य प्रगति हुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ। मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईंको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ। मनमा निकै हर्ष छाइरहने छ। आज बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन र कार्य सफल हुनेछ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन मनमा अति खुसी छाउने छ। आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ। ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ। सामाजिक काममा मन जानेछ। परिवारभित्र खुसीयाली छाउने छ। परिवारका जेष्ठ सदस्यलाई उपहार दिनु राम्रो हुनेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ। तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ। आजको दिन कार्ययोजनाअनुसार काम गर्नुहोला।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो