English

विश्व इतिहासमा आजका दिन घटेका मुख्य पाँच घटनाहरू के-के हुन् ?



आज २६ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। इतिहासमा आज भएका केही घटनाक्रम:

गुजरातको विनाशकारी भूकम्प

आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो। भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए। गुजरात भूकम्पका कारण अबौंको क्षति भएको थियो।

क्लिन्टन-मोनिका सम्बन्ध
सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए। तर, क्लिन्टनको भुटो विवरण लामो समय टिक्न सकेन। सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित सम्बन्ध रहेको स्वीकारेका थिए।

भारतमा गणतन्त्र दिवस
विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा स्वतन्त्र भएको थियो। २६ जनवरीेदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो। आजकै दिन भारतले गणतन्त्र दिवस मनाउछ।

अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन
सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो। ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो।

अस्ट्रेलिया बस्ने पहिलो युरोपेली टोली

सन् १९७८ देखि अस्ट्रेलियामा पहिलो पटक युरोपेली बस्न सुरु गरेका थिए। जसअन्तर्गत २६ जनवरीमा ब्रिटीशको पहिलो टोली सिड्नी वन्दरगाहमा बस्न थालेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो