English

राष्ट्रियसभा उपनिर्वाचन तयारी पूरा



बुधबार (भोलि) हुने राष्ट्रियसभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। कोरोना महामारीको जोखिम उच्च रहेका बेला स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाका साथ निर्वाचन गराउन तयारी पूरा भएको आयोगले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयको काम रेखदेख, सुपरीवेक्षण र समन्वय गर्ने काम निर्वाचन आयोगले निरन्तर गरिरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। ‘आयोगले गर्नुपर्ने काम सबै पूरा भइसकेको छ। मतदान गर्न मात्र बाँकी हुने गरी सबै ठिक्क पारिसकेको विवरण पाएका छौं’, आयुक्त भण्डारीले भने।

निर्वाचनका लागि मतदान केन्द्र, स्थानको व्यवस्थापन, मतपत्र पुर्‍याउने, मतदानको लागि आवश्यक सामग्री तयारी अवस्था राख्नेदेखि अन्य व्यवस्थापकीय, प्राविधिक तयारी भइसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ।

मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि भवन, वागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुनेछ।

यस्तै, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल रहनेछ।

आयोगका अनुसार प्रदेशसभा सदस्यहरू ४ सय ३२, पालिका प्रमुख र उपप्रमुखहरू १४ सय ९३ गरी कुल २ हजार २५ जना मतदाता रहेका छन् ।

रिक्त १९ राष्ट्रिय सभा सदस्यका पदका लागि निर्वाचन हुने लागेको हो । जसमा सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात जना अन्य समूहका रहेका छन् । आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

१९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५र५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० ले एक्लै प्रतिस्पर्धा गर्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested