English

सभापति देउवासँग शेखर समूह रुष्ट



सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै नेपाली कांग्रेसको शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ। उक्त पक्षको आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले स्थानीय तहको निर्वाचनको मितिका विषयमा पार्टीभित्र छलफल नगरी मनोमानी रूपमा अघि बढ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।

भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

‘निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरी गठबन्धनका नेताहरूसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ,’ भर्चुअल बैठकमा सहभागी एक नेताले भने, ‘यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ।’

कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको थियो। गठबन्धनको आवश्यकता यसअघि प्रतिगमनविरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरूले बताएका छन्।

सभापति देउवाले पार्टीभित्रको ४० प्रतिशत मतको बेवास्ता गरेको भन्दै आलोचना भएको थियो। बैठकमा डा.शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरू डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा.रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका