English

पछिल्लो २४ घण्टामा थपिए १०,२५४ संक्रमित, कुन जिल्लामा कति ?



नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३,रुपन्देहीमा१४९, बाँकेमा १४८, मकवमानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested