English

चीन–ताइवान युद्ध भए के होला ?



यही साताको पूर्वार्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ गर्यो। यसरी चिनियाँ लडाकु विमान ताइवानी सीमामा प्रवेश गर्ने क्रमले गत वर्ष ‘रेकर्ड’ नै ‘ब्रेक’ गरेको थियो भने यो वर्ष पनि नौ पटक घुसपैठ भइसकेको छ ।

ताइवानले २०२० मा चिनियाँ विमान घुसपैठको आँकडा सार्वजनिक गरेको थियो । त्यसपछि गत वर्ष अक्टोबरमा एकै दिन चीनको ५६ विमान ताइवानी क्षेत्रमा प्रवेश गरेको सूचना दिइएको थियो । यसरी चीनले ताइवानमाथि निरन्तर दबाब दिइरहेको छ ।

घुसपैठको यो निरन्तरताले दुई देशबीच तनाव बढिरहेको छ । यसको मुख्य कारण ताइवानलाई ‘चीनमा विलय’ गराउने लक्ष्य रहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले त भनी नै सकेका छन्, ‘ताइवान पुनः एकपटक चीनसँग अवश्य पनि एकीकृत हुनेछ ।’ उक्त लक्ष्य प्राप्तिका लागि शक्ति प्रयोग गर्ने क्रम जारी छ । यस्तो आशय राष्ट्रपति जिनपिङले विभिन्न समारोहमा दोहोर्याउँदै आएका छन् ।

ताइवान दक्षिण पूर्वी चीनको तटबाट करिब सय मिल टाढा रहेको एक द्वीप हो । त्यो पहिलो द्वीप शृंखलामा पर्छ र त्यसको समर्थनमा अमेरिकालगायतका देश उभिएका छन् ।

ताइवानबारे किन हुन्छ विवाद ?

ताइवान आफ्नो एक प्रान्त रहेको चीनको भनाइ छ र त्यो एक दिन अवश्य चीनको हिस्सा बन्ने विश्वास पनि चीनको रहेको छ । तर ताइवान भने आफूलाई एक स्वतन्त्र देश मान्छ । ताइवानमा उसको आफ्नै संविधान छ भने जनताले चुनेको प्रतिनिधिले शासन गर्छन् ।

ताइवान दक्षिण पूर्वी चीनको तटबाट करिब सय मिल टाढा रहेको एक द्वीप हो । त्यो पहिलो द्वीप शृंखलामा पर्छ र त्यसको समर्थनमा अमेरिकालगायतका देश उभिएका छन् । अमेरिकी विदेश नीतिका कारण यी सबै द्वीपहरू निकै महत्वका हुन पुगेका छन् ।

चीनले यदि ताइवान कब्जा गर्न सक्यो भने उसले पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभाव देखाउन सहज हुने कुरा कतिपय पश्चिमा जानकार बताउँछन् । त्यसपछि गुआम र हवाई द्वीपहरूमा रहेका अमेरिकी सैन्य अखडामा खतरा उत्पन्न हुन जान्छ । तर, चीनले आफ्नो लक्ष्य पूर्ण रुपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । आफूले कुनै पनि खालको ‘युद्ध’ नचाहेको स्पष्टीकरण चीनले दिँदै आएको छ ।

यतिखेर संसारका १३ देश ताइवानलाई एक अलग र सम्प्रभु देश मान्छन् । कतिपय देशले ताइवानलाई समर्थन गरे पनि स्पष्ट हुन सकिरहेका छैनन् । चीन रिसाउने डरमा केही देश रहेका छन् ।

चीनसँग किन अलग भयो ताइवान ?

यी दुईबीच चिसोपना करिब दोस्रो विश्वयुद्धदेखि नै उत्पन्न भएको हो । त्यो समय चीनको मुख्य भूमिमा चिनियाँ कम्युनिस्ट पार्टीको उक्त क्षेत्रको तत्कालीन सत्ताधारी नेसनलिस्ट पार्टी (कुओमिन्ताङ)सँग लडाइँ चलिरहेको थियो । १९४९ मा माओत्से तुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले लडाइँ जित्यो र राजधानी बेइजिङ कब्जा गर्‍यो । त्यसपछि कुओमिन्ताङका वासिन्दा मुख्य भूमि छाडेर दक्षिण–पश्चिम द्वीप ताइवानतर्फ लागे ।

सोही समयदेखि अहिलेसम्म पनि ताइवानमा कुओमिन्ताङ महत्वपूर्ण दल बन्दै आएको छ । ताइवानको इतिहासमा सोही पार्टीको शासन अधिकांश समय चलिरहेको छ ।

यतिखेर संसारका १३ देश ताइवानलाई एक अलग र सम्प्रभु देश मान्छन् । कतिपय देशले ताइवानलाई समर्थन गरे पनि स्पष्ट हुन सकिरहेका छैनन् । चीन रिसाउने डरमा केही देश रहेका छन् । ताइवानलाई मान्यता नदिन चीनले कतिपय देशलाई कूटनीतिक दबाब समेत दिँदै आएको छ । कुनै पनि देशले ताइवानलाई पहिचान दिएको चीनलाई मन पर्दैन ।

सैन्य शक्तिलाई आधार मान्ने हो भने ताइवानभन्दा चीन निकै बलियो देखिन्छ । सेनाकै प्रयोग गर्ने हो भने चीनले ताइवान सहजै एकीकरण गर्न सक्ने सैन्यविद्हरू बताउँछन् ।

केही दिनअघि ताइवानी रक्षामन्त्रीले चीनसँग आफ्नो देशको सम्बन्ध विगत ४० वर्षमा अहिले सबैभन्दा खराब रहेको बताएका थिए । यसको पुष्टि ताइवानी क्षेत्रमा चिनियाँ विमानको निरन्तर घुसपैठले गर्छ ।

चीन बलियो कि ताइवान ?

सैन्य शक्तिलाई आधार मान्ने हो भने ताइवानभन्दा चीन निकै बलियो देखिन्छ । सेनाकै प्रयोग गर्ने हो भने चीनले ताइवान सहजै एकीकरण गर्न सक्ने सैन्यविद्हरू बताउँछन् । अन्य उपायबाट पनि चीनले ताइवान लिन सक्ने कतिपयको भनाइ छ । यदि दुई देशबीच लडाइँ भयो भने त ताइवानको सैन्य तागत चीनका अघिल्तिर निकै होचो साबित हुनेछ ।

चीनले आफ्ना सैनिकमाथि गर्ने खर्च संसारमै सबैभन्दा बढी(अमेरिकालाई छाडेर) छ । साइबर युद्ध गर्ने नै हो भने पनि चीन निकै बलशाली देखिन्छ । चीनसँग साइबर युद्ध गर्ने सामथ्र्य सायद अब कुनै पनि देशसँग बाँकी छैन ।

इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिज (आईआईएसएस)का अनुसार, चीनका विभिन्न प्रकारका सक्रिय सैनिकको संख्या २०.३५ लाख रहेको छ । ताइवानमा केवल १.३६ लाख सक्रिय सैनिक छन् ।

इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिज (आईआईएसएस)का अनुसार, चीनका विभिन्न प्रकारका सक्रिय सैनिकको संख्या २०.३५ लाख रहेको छ । ताइवानमा केवल १.३६ लाख सक्रिय सैनिक छन् । यसरी चीनको तागत यस मामिलामा ताइवानको भन्दा १२ गुना अधिक रहेको देखिन्छ ।

थलसेना पनि चीनमा ९.६५ लाख छन् भने ताइवानमा ८८ हजार मात्रै । चीनमा नौसेना २.६० लाख छन् भने ताइवानमा केवल ४० हजार । चिनियाँ वायुसेनामा करिब चार लाख छन्, ताइवानमा ३५ हजार । यसका अतिरिक्त चीनसँग सवा चार लाख अन्य सैनिक छन्, जबकि ताइवानमा एकजना पनि छैनन् ।

कतिपय पश्चिमा विश्लेषकको मतमा यदि चीन–ताइवान भिडन्त भयो भने ताइवानले चीनलाई केही समय हमलालाई सुस्त पार्नमात्र सक्छ । यसरी चीन र ताइवानबीचको लडाइँमा चीनकै पल्ला भारी रहेको स्पष्ट देखिन्छ ।

ताइवानलाई हतियार बिक्री गर्दै आएको अमेरिकाले सहयोग गर्न सक्ने अनुमान गर्नेको संख्या पनि निकै छ । तर यस विषयमा हालसम्म अमेरिकाले कुनै स्पष्ट विचार प्रकट गरेको पाइँदैन ।

उता, ताइवानलाई हतियार बिक्री गर्दै आएको अमेरिकाले सहयोग गर्न सक्ने अनुमान गर्नेको संख्या पनि निकै छ । तर यस विषयमा हालसम्म अमेरिकाले कुनै स्पष्ट विचार प्रकट गरेको पाइँदैन । अमेरिका चीन–ताइवान सन्दर्भमा ‘कूटनीतिक अस्पष्टता’कै अवस्थामा रहेको देखिन्छ ।

अमेरिकाले सोचविचार गरेरै अहिले कुनै स्पष्ट विचार प्रकट नगरेको बताउने कूटनीतिज्ञ निकै छन् । यदि दुई देशबीच लडाइँ भयो भने आफूले ताइवानलाई कसरी सहयोग गर्ने भन्ने कुरा उसले गोप्य राख्न चाहेको देखिन्छ ।

कूटनीतिक हिसाबमा चीन आफ्नो ‘एक चीन नीति’लाई समर्थन गर्छ । अमेरिकाको औपचारिक सम्बन्ध ताइवानसँग जस्तै चीनसँग पनि रहेको देखिन्छ । तथापि, भित्रभित्रै चीनको उन्नतिले अमेरिकालाई लामो समयदेखि पोल्दै आएको बुझ्न गाह्रो छैन ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा अमेरिका–चीन सम्बन्ध निकै चिसिएको थियो । ट्रम्पले चीनलाई गलाउन विभिन्न उपाय अपनाएका थिए । उनले चीनसँग अघोषित ‘व्यापार युद्ध’ नै चलाएका थिए । यसकारण पनि सम्भावित चीन–ताइवान युद्धले अमेरिका बढी चिन्तित छ । लडाइँमा यदि ताइवानको हार भयो भने अमेरिकाले आफ्नो ‘हार’ महसुस गर्नेछ ।

सारभर दैनिक रुपमा प्रयोग हुने इलेक्ट्रोनिक ग्याजेट्स (फोन, ल्यापटप, घडी, गेमिङ उपकरणका चिपलगायत) अधिकांश ताइवानमा निर्माण हुन्छन् ।

अन्य मुलुक ताइवानलाई किन महत्व दिइरहेका छन् ?

ताइवानको बलियो अर्थव्यवस्था कयौं देशका निम्ति महत्वपूर्ण रहेको छ । संसारभर दैनिक रुपमा प्रयोग हुने इलेक्ट्रोनिक ग्याजेट्स (फोन, ल्यापटप, घडी, गेमिङ उपकरणका चिपलगायत) अधिकांश ताइवानमा निर्माण हुन्छन् । चिपको सन्दर्भमा त ताइवान संसारकै नायक बनेको छ । ताइवानको ‘वन मेजर’ नामक कम्पनी एक्लैले संसारको आधा चिप उत्पादन गर्छ ।

२०२१ मा संसारको चिप उद्योग करिब सय अर्ब डलरबराबरको थियो, त्यसमा ताइवानको हैकम रहेको थियो । यो अवस्थामा यदि ताइवानमाथि चीनको कब्जा हुन सक्यो भने उक्त महत्वपूर्ण उद्योगमाथि चीनको नियन्त्रण हुनेछ । आर्थिक मामिलासँग जोडिएको यो सन्दर्भले पनि अमेरिकाको चिन्ता बढाइदिएको छ ।

के भन्छन् ताइवानी जनता ?

हालै गरिएको एक अनुसन्धानले चीन–ताइवानबीचको तनावले ताइवानी जनतामा कुनै असर नपरेको देखाएको छ । गत अक्टोबरमा ‘ताइवान पब्लिक ओपिनियन फाउन्डेसन’ले त्यहाँका जनताको विचार जान्न एक अनुसन्धान गरेको थियो । अनुसन्धानमा ताइवानी जनतालाई ‘के चीन–ताइवान युद्ध होला’ भनी प्रश्न गरिएको थियो ।

१९९० भन्दा अघिको समयमा कतिपय ताइवानीले आफूलाई चिनियाँमूलको मान्ने गरेको पाइए पनि पछिल्लो समय उनीहरू आफ्नो बेग्लै पहिचान रहेको बताउन थालेका छन् ।

उत्तरमा ६४ प्रतिशतले ‘हुँदैन’ भनेका थिए । अर्को एक अनुसन्धानले अधिकांश ताइवानी जनताले आफूलाई चिनियाँभन्दा बेग्लै मान्ने गरेको देखाएको थियो । १९९० भन्दा अघिको समयमा कतिपय ताइवानीले आफूलाई चिनियाँमूलको मान्ने गरेको पाइए पनि पछिल्लो समय उनीहरू आफ्नो बेग्लै पहिचान रहेको बताउन थालेका छन् ।

त्यहाँका नागरिकमा आफूलाई ताइवानी र चिनियाँ दुवै मान्ने प्रवृत्ति अहिले निकै कम भएको छ । ताइवानी नागरिक अब आफ्नो बेग्लै पहिचान र परिचयमा रमाउन थालेका छन् ।

(बीबीसीको सहयोगमा)

यो पनि…
बुर्का लगाउने छात्रालाई कक्षा प्रवेशमा रोक

उत्तर कोरियाका ह्याकरद्वारा ४०० मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested