English

उत्तर कोरियाका ह्याकरद्वारा ४०० मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी



सन् २०२१ मा उत्तर कोरियाका ह्याकरहरुले ४०० मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

ब्लकचेन एनालिसीस कम्पनी चेन एनालिसीस’ले सार्वजनिक गरेको रिपोर्टका अनुसार गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी प्लेटफर्ममा गरेका ७ वटा आक्रमणबाट ४०० मिलियन डलरबराबरको डिजिटल सम्पत्ति चोरी भएको जनाएको सीएनएनले जनाएको छ ।

उत्तर कोरियाली ह्याकरहरुले मुख्य रुपमा इन्भेष्टमेन्ट कम्पनीहरु र सेन्ट्रलाइज्ड एक्सचेञ्जहरुलाई आफ्नो निशाना बनाएका थिए । तर, उत्तर कोरियाले भने आफ्नो देशबाट कुनै पनि प्रकारको ह्याक नभएको बताउँदै आएको छ ।

ह्याकरहरुले ह्याक गर्न विभिन्न प्रलोभनपूर्ण तरिकाहरु प्रयोग गर्दै चोरी गरेको पैसा उत्तरकोरिया सरकारद्वारा नियन्त्रित ठेगानामा पठाउने गरेको चेन एनालिसीसले जनाएको छ । यसरी गरिने ह्याक सन् २०२० को तुलनामा ४० प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट र त्रिलप्टोकरेन्सी नेटवर्कसँग जोडिएका कारण ह्याक हुने सम्भावना अधिक हुने गर्दछ । इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कको प्रयोग क्रिप्टोकरेन्सी पठाउन/पाउन तथा आफूसँग कति टोकन छ भन्न प्रयोग गर्ने गरिन्छ ।

उत्तर कोरियाबाट बितेका केही वर्षहरुमा भएका साइबर आक्रमणहरु अमेरिकाले प्रतिबन्ध लगाएको लाजारस नामक समूहबाट भएको र यो समूह उत्तर कोरियाको गुप्तचर विभागबाट सञ्चालित रहेको जनाइएको छ ।
यो पनि
अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तिमा २६ जनाको मृत्यु
लुटेराको आक्रमणमा कम्तिमा २०० जना मारिए



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested