English

उत्तर कोरियाका ह्याकरद्वारा ४०० मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी



सन् २०२१ मा उत्तर कोरियाका ह्याकरहरुले ४०० मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

ब्लकचेन एनालिसीस कम्पनी चेन एनालिसीस’ले सार्वजनिक गरेको रिपोर्टका अनुसार गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी प्लेटफर्ममा गरेका ७ वटा आक्रमणबाट ४०० मिलियन डलरबराबरको डिजिटल सम्पत्ति चोरी भएको जनाएको सीएनएनले जनाएको छ ।

उत्तर कोरियाली ह्याकरहरुले मुख्य रुपमा इन्भेष्टमेन्ट कम्पनीहरु र सेन्ट्रलाइज्ड एक्सचेञ्जहरुलाई आफ्नो निशाना बनाएका थिए । तर, उत्तर कोरियाले भने आफ्नो देशबाट कुनै पनि प्रकारको ह्याक नभएको बताउँदै आएको छ ।

ह्याकरहरुले ह्याक गर्न विभिन्न प्रलोभनपूर्ण तरिकाहरु प्रयोग गर्दै चोरी गरेको पैसा उत्तरकोरिया सरकारद्वारा नियन्त्रित ठेगानामा पठाउने गरेको चेन एनालिसीसले जनाएको छ । यसरी गरिने ह्याक सन् २०२० को तुलनामा ४० प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट र त्रिलप्टोकरेन्सी नेटवर्कसँग जोडिएका कारण ह्याक हुने सम्भावना अधिक हुने गर्दछ । इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कको प्रयोग क्रिप्टोकरेन्सी पठाउन/पाउन तथा आफूसँग कति टोकन छ भन्न प्रयोग गर्ने गरिन्छ ।

उत्तर कोरियाबाट बितेका केही वर्षहरुमा भएका साइबर आक्रमणहरु अमेरिकाले प्रतिबन्ध लगाएको लाजारस नामक समूहबाट भएको र यो समूह उत्तर कोरियाको गुप्तचर विभागबाट सञ्चालित रहेको जनाइएको छ ।
यो पनि
अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तिमा २६ जनाको मृत्यु
लुटेराको आक्रमणमा कम्तिमा २०० जना मारिए



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested