English

‘पीके’ मा सुशान्तको पारिश्रमिक २१ रुपैयाँ ! कारण यस्तो



दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो । उनी आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए । झुन्डिएको अवस्थामा फेला परेका सुशान्त के कारणले झुन्डिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

यी अभिनेताले छोटो जीवनमै ठूल्ठूला सफलता हासिल गरेका थिए । एक फिल्ममा अभिनय गरेबापत करोडौं पारिश्रमिक लिने सुशान्तले एक ब्लकबस्टर फिल्मबाट २१ रुपैयाँ मात्रै पारिश्रमिक लिएका थिए ।

निर्देशक राजकुमार हिरानीको ‘पीके’ मा सुशान्तले भलै छोटो भूमिकामा अभिनय गरे पनि त्यो अभिनयबाट उनले राम्रो छाप छोडेका थिए । सुशान्तले यो फिल्ममा १५ मिनेटको भूमिकाका लागि पारिश्रमिक लिएका थिएनन् ।

तर, निर्देशक राजकुमार हिरानीले उनलाई सगुनका रूपमा २१ रुपैंयाँ दिएका थिए । यो रकम सुशान्तले खुसीसाथ स्वीकारेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै