English

के हो तान्त्रिक सेक्स ?



युवा पुस्तामा निकै प्रिय मानिन्छ, तान्त्रिक सेक्स । शान्त, मधुरो प्रकाश र फराकिलो ठाउँमा यस प्रकारको सेक्स हुन्छ । ‘तान्त्रिक’ शब्द संस्कृत शब्द हो । र यसबारे कतिपयलाई भ्रम पनि हुन सक्छ । यस प्रकारमा चरम उत्तेजित हुनु प्राथमिकतामा पर्दैन । पार्टनरलाई आध्यात्मिक र गहिरोरूपमा बुझ्न, एक–अर्कालाई गहिरोसँग चिन्न तथा सम्बन्धलाई बलियो बनाउे गर्दछ ।

लामो समयको आवश्यक

तान्त्रिक यौनसम्पर्कको मतलब घण्टौँ प्रेम गर्नु होइन । बरु यो पार्टनरको लागि गहिरो आदरमा आधारित छ । मार्क ए माइकल्स र प्याट्रिसिया जोनसनले आफ्नो पुस्तकमा लेखेका छन्– ‘तान्त्रिक सेक्स म्याड सिम्पल’ यसको मतलब यो हो कि जब तपाईं आफ्नो पार्टनरसँग यौन सम्बन्ध राख्दै हुनुहुन्छ । तब उँहासँग बस्ने कल्पना पनि तपाईंको दिमागमा हुनुपर्दछ ।

लचिलो दृष्टिकोण

तान्त्रिक सेक्सको मतलब मानिसलाई मानसिक, शारीरिक र आत्मिक स्तरमा सन्तुष्ट पार्नु हो । तपाईं आफ्नो सास नियन्त्रण गरेर यसलाई प्राप्त गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा एक–अर्कालाई हेर्दै यौन प्रक्रियालाई विशेष तरिकाले गर्नु सक्नुहुन्छ ।

यसको उद्देश्य तपाईंको कामोत्तेजनालाई ढिलो गर्नु र पूर्ण आनन्द दिनु मात्र होइन । बरु यसको उद्देश्य तपाईंको पार्टनरसँग नजिक ल्याउनु र उसको शरीरलाई राम्रोसँग बुझ्नु हो । तान्त्रिक सेक्सको विधि यौनको प्रविधि र यौनको मानसिक विधिभन्दा धेरै उच्चस्तरमा छ ।

यस्तो छ तरिका

तान्त्रिक सेक्सले अरू कुराको तुलनामा तपाईंको दुष्टिकोणसँग धेरै काम गर्दछ । त्यसैले, यसका लागि आफ्नो सोच परिवर्तन गर्न आवश्यक छ । यसका लागि अँध्यारो कोठामा वा मैनबत्तीको मधुरो प्रकाशको बीचमा आरामदायी तकियाहरू राखेर एक–अर्काको नजिक बस्नुपर्छ । त्यसपछि, एक–अर्काको आँखामा गहिरोरूपमा हेरी समान गतिमा सास फेर्नुपर्छ । आफ्नो हातलाई दुई इन्चको दूरीमा राखी दुवैको शरीरबाट निस्कने ऊर्जा स्विकार गर्दै एक–अर्काले ऊर्जा आदानप्रदान गर्न सकिन्छ । त्यसपछि, विस्तारै सामान्य यौन क्रिया शुरु गर्न सकिन्छ ।

यो पनि
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं
लामो समयसम्म यौन आनन्द लिन यसो गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले