English

६४औं संस्करणको ‘ग्रामी अवार्ड’ मिति सर्‍यो




काठमाडौं। कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ। अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ।

आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको जानकारी दिएको हो। यो अवार्ड यसअघि ३१ जनवरीमा गर्ने तयारी थियो।

आयोजकले सहर र राज्यका अधिकारीहरू, स्वास्थ्य र सुरक्षा विशेषज्ञ, कलाकार समुदाय र सहयोगीसँगको छलफलपछि हालका लागि अवार्ड स्थगित गर्ने निर्णय लिएको जनाएका छन्।

यो वर्ष ६४औं संस्करणको ‘ग्रामी अवार्ड’ हुँदैछ। जसमा कैयौं हस्तीहरू सहभागी हुँदै छन्। यो शोलाई प्रख्यात कमेडियन ट्रेवर नूह होस्ट गर्दै छन्। अवार्डको मनोनयन गत वर्षको नोभेम्बर २२ मा भएको थियो।

ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो। यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गरिन्छ।

कोभिड महामारीका कारण ग्रामी अवार्ड दोस्रो पटक स्थगित गरिएको हो। यसअघि ६३औं संस्करणको अवार्ड सन् २०२१ मा स्थगित भएको थियो। यो अवार्ड जनवरीको सट्टा मार्चमा आयोजना गरिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested