English

आज ६ माघ, तपाईंको राशिफल कस्तो छ ?



आज ६ माघ, २०७८, तदनुसार जनवरी महिनाको २० तारिक २०२२ बिहीबार। माघकृष्णपक्ष त्रयोदशी तिथि, अश्लेषा नक्षत्र,  आयुस्मान  योग, चन्द्रमा कर्कट राशिका रहेको छ। आज विहान सूर्योदय ६ः५७ मा भयो भने सूर्यास्त १७ः३३ मा हुनेछ। आज विहान ११ः५४ देखि अभिजित मुहूर्त सुरु भयो भने १२ः३६ सम्म रहनेछ। यस्तै १:३५ देखि ३ः५५ सम्मको समयमा राहुकाल रहने छ। आजको देवता चन्द्र र ग्रहदेव केतु रहेको छ। बिहीबारको दिन अध्ययन अध्यापन र अनुसन्धान र लेखनको कामको सुरुवात गर्न सकिन्छ। कुनै शैक्षिक कार्यकोको शुभारभ्मको लागि बिहीबार छनोट गरिन्छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक सेवामूलक कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा हर्ष छाउने छ। विहान सूर्योदयको दर्शन गर्नाले मनमा उर्जा थपिने छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईंलाई आज आकस्मिक धनलाभ हुनेछ। व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ। शत्रुमाथि विजयप्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ। आजको दिन कसैँसँग विवाद नगर्नुहोला।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईंको मनमा खुसियाली छाउने छ। परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ। तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो काम र स्वास्थ्यमा ध्यान दिनु होला।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपाईंको सोचअनुसार नैं काम हुनेछ। चन्द्रमाको साथ रहेको छ। विहान सूर्यनारायणको दर्शन गर्नुभयो भने उर्जा थपिने छ। कुनै नयाँ कामको लागि तपाईंलाई प्रस्ताव आउन सक्छ। आफ्नो कामलाई जिम्मेवारपूर्ण ढंगले गर्नुभयो भने तपाईंको मनमा सफलता मिल्नेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले बिहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ। त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला। आजको दिन अध्यात्म कार्यको लागि समय दिनुहोला। भजन र कीर्तन श्रवण गर्नुहोला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ। स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ। आजको दिन परिवारका सदस्य र कन्यालाई भोजन गराउनु होला।  

तुला( रा.री.रे.रो.ता.ती.तु.ते)

तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ। त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ। धैर्यको आवश्यकता हुन्छ। सकारात्मक सोच राखेर अघि बढ्नु होला।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईंले कुनै नयाँ कामको सुरुवात समेत गर्न सक्नुहुनेछ। आज सुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ। आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यतापूर्वक काम गर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तान र स्त्रीजातिको साथ सहयोगले तपाईंको कार्य प्रगति हुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ। तपाईंको मनमा उर्जाका लागि देवालय र शिवालयको सम्झना र ध्यान गर्नुहोला। ध्यान, साधना र मौनको आवश्यकता देखिन्छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला। सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ।    

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ। ब्यापार व्यबसायबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ। सामाजिक काममा मन जानेछ। तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन्।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ अध्ययन, चिन्तन र सिर्जनात्मक काममा समय खर्च गर्नुहोला।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो