English

आजको राशिफल हेरी भाग्य निर्धारण गर्नुहोस्



५ माघ, २०७८, तदनुसार जनवरी १९ तारिक बुधबार । माघकृष्णपक्ष द्वितीया, अश्लेषा नक्षत्र, प्रिती योग, चन्द्रमा कर्कट राशिमा छ । आज विहान सूर्योदय ६:५७ मा भयने भने सूर्यास्त १७:३२ मा हुनेछ । ११:५४ देखि १२:३६ सम्म अभिजित मुहूर्त रहेको छ। आजको देवता विष्णु र ग्रहदेव बुध रहेको छ। भनिन्छ- बुधबारको दिन घर गृहस्थसम्बन्धी काम गर्नु। आर्थिक कारोबारका लागि बुधबार शुभबार मानिन्छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको आधारमा तपाईंलाई मानसम्मान मिल्नेछ। जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ। बुधबारका दिन खानेकुरा दान गर्नुभयो भने मनमा प्रसन्नता छाउने छ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन त्यति अनुकूल देखिदैन। मानसिक चिन्ता, अनसन्तुष्ठी रहन सक्छ। यात्राको लागि अवसर आउनसक्छ। त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ। यात्रामा हिँडनुअघि घरमा जेष्ठ, श्रेष्ठ सदस्यसँग अनुमति लिनु राम्रो हुनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईंले सोचअनुसार काम नहुँदा हुने चिन्ताले एकप्रकारको डर उत्पन्न भइरहन्छ। स्वास्थ्यमा समेत समस्या हुनसक्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ। चन्द्रमाको साथ रहेको छ, आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। निराशा हटेर आशाका किरण फैलने छन्। दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ। स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ। आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट सफलता मिल्नेछ। आज बिहान सूर्योनारायणको दर्शन गर्नुहोला।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मनमा प्रसन्नता छाउने छ। धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजयप्राप्तिको खुसी छाउने छ। आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ। केही घमण्डका कारण आफैंले गरेको कार्यबाट हानी हुनसक्छ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारव्यवसायको कामबाट लाभ हुनसक्छ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ। सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ। सिर्जनात्मक काममा मन जानेछ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : योजनामुताविक कार्य गर्नुभयो भने सफल हुनुहुनेछ। बिहान सूर्यको दर्शन गरेर दिनको काम शुरुवात गर्नुभयो भने कार्य सफलता हुनेछ। त्यसैले सकारात्मक सोच र कार्यायोजनाअनुसार काम गर्दा तुला राशिका जातकका लागि आजको दिन शुभ रहेको छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट लाभ हुने देखिन्छ। तपाईंको समयअनुकूल छ। कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ। छोटो यात्राले मनमा खुसी छाउने छ। शत्रुले समेत कार्यप्रशंसा गर्ने छन्। समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : साथ सहयोग दिने मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईंलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ। परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : उत्तम दिन हो आज। त्यसैले जे काम गर्नुहुन्छ। सफलता प्राप्त हुनेछ। व्यापार, लेखन, र विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ। आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला। अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ। त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकूल देखिदैन। नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला। आजको दिन कसैलाई पनि दुवाच्य नबोल्नु होला।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ। सुखीको खबर र तपाईंले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ। आफन्त र मित्रको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ। अध्ययन लेखनमा समय खर्च गर्नुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा गर्ने काम नगर्नुहोला। आजको दिन कुनै नयाँ पुस्तक अध्ययनको शुरुवात गर्दा निकै राम्रो हुनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो