English

अनुहारको दाग हटाउन यसरी अपनाउनुहोस् घरमै प्राकृतिक विधि



तपाईंको छालालाई धेरैजसो सुख्खा तथा फिक्का देखिनुको कारण मरेको छालाको कारणले गर्दा हो । छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाईंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो विधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।

१. कागती
२. थोरै नुन
३. चामलको पिठो
४. मह

बनाउने विधि

सबैभन्दा पहिला कागतीलाई दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केही बेरसम्म दली सफा पानीले मुख धुनुहोस् ।

त्यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधा भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि, आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ ।

यस फेसप्याकलाई पूरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस् । र अनुहारलाई सुक्खा हुन दिनुहोस् । अनुहार पूरै सुक्खा भएपछि मोइस्चराइजरलाई लगाउनुहोस् । अब तपाईंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।

यो पनि…
मुहार चम्किलो र सुन्दर बनाउन लगाउनुस् यस्ता फेस प्याक
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको