English

कोभिड हावाको सम्पर्कमा आएपछि कमजोर



कोरोना भाइरसको बढ्दो प्रकोपको बीचमा यसबारे भएरहेको अनुसन्धान बहस (कोरोना सम्बम्धित अध्ययनमा नयाँ–नयाँ जानकारी बाहिर आएको छ । यो खतरनाक भाइरसले हावाको सम्पर्कमा आएको २० मिनेटपछि संक्रमण गर्ने क्षमता गुमाउने एक अनुसन्धानले जनाएको छ । अनुसन्धानको नतिजाले यो पनि देखाएको छकि यो भाइरसबाट बच्ने सजिलो र प्रभावकारी उपाय भनेको माक्स लगाउनु र सामाजिक दूरीका नियमहरू पालना गर्नु हो । भेन्टिलेसन भएको ठाउँमा यो भाइरसको प्रभाव कम गर्ने सजिलो उपाय हो ।

यस अनुसन्धानका प्रमुख लेखक जोनार्थन रिडका अनुसार कम भेन्टिलेटर भएका क्षेत्रमा बस्ने मानिसहरूलाई हावाबाट हुने संक्रमणबाट टाढा रहने सोच्छन् । उनले भने– ‘त्यसो होइन भनेर म भन्दिनँ, तर एक–अर्काको नजिक बस्दा कोरोना संक्रमण सर्ने भने निश्चित छ । एक व्यक्तिबाट अर्काे व्यक्तिको बीचमा केही दूरी हुँदा भाइरसको यरोसेल पातलो भएर संक्रमण कम गर्ने क्षमता गुमाउने गरेको उनले बताए । यस्तो अवस्थामा भाइरस कम संक्रामक हुन्छ ।

एक–अर्काको नजिक बस्दा कोरोना संक्रमण सर्ने भने निश्चित छ । एक व्यक्तिबाट अर्काे व्यक्तिको बीचमा केही दूरी हुँदा भाइरसको यरोसेल पातलो भएर संक्रमण कम गर्ने क्षमता गुमाउने गरेको उनले बताए ।

हावामा भाइरसहरू कति लामो समयसम्म जीवित हुन्छ भन्नेबारे हामो अनुमानहरू विगतमा गरिएका प्रयोगहरूमा आधारित छन् । जहाँ भाइरस सिल गरिएको भाँडामा स्प्रे गरिन्छ, यी भाँडाहरूलाई ‘गोल्डबर्ग ड्रम’ भनिन्छ । यो कुराको प्रयोग गरेर भाइरसलाई तिन घन्टापछि पत्ता लगाउन सकिन्छ ।
फोक्सोबाट भाइरस बाहिर निस्किँदा कार्बनडाईअक्साइड हुन्छ । बाहिर निस्केपछि यसको प्रभाव चाँडै कम हुन्छ, अर्थात् सुख्खा हुन थाल्छ । यो कारकले भाइरसलाई मानव कोशिकाहरूलाई हानी गर्नबाट रोक्छ ।

भाइरसको सुख्खापन आद्र्रतामा निर्भर गर्दछ । यद्यपि, यो पनि देखियो कि हावाको तापक्रमले भाइरसको संक्रमणमा कुनै प्रभाव पार्दैन । जब आद्र्रता ५० प्रतिशत भन्दा कम हुन्छ, भाइरसले ५ सेकेन्डभित्र आफ्नो संक्रामकता गुमाउँछ । त्यसैगरी, परीक्षणका क्रममा आद्र्रता ९० प्रतिशत घटाउँदा फायरपावर थप घटेको पाइयो ।
यो पनि
बुस्टर डोजबारे भ्रम र यथार्थ !
नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,