English

विश्व इतिहासमा आज : मार्टिन लुथर किङ दिवसदेखि पेरिस शान्ति सम्मेलनसम्म



आज १८ जनवरी । आजका दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । इतिहासमा आज भएका केही घटनाक्रम यस्ता छन्।

मार्टिन लुथर किङ दिवस

सन् १९८६ को १८ जनवरीदेखि अमेरिकामा मार्टिन लुथर किङ दिवस मनाउन सुरु भएको थियो । यस दिन सार्वजनिक बिदा दिइन्छ ।

सियरा लियोनको युद्ध समाप्त

विश्व इतिहासमा आज सियरा लियोनको गृह युद्ध अन्त्य भएको थियो । सन् २००२ को १८ जनवरीमा ११ वर्ष लामो युद्ध अन्त्य भएको थियो । एक दशकभन्दा लामो सो युद्धका कारण ५० हजारको मृत्यु भएको भएको थियो भने लाखौं विस्थापित भएका थिए ।

पेरिस शान्ति सम्मेलन

सन् १९१९ को १८ जनवरीमा पेरिस शान्ति सम्मेलन सुरु भएको थियो । पहिलो विश्वयुद्धपछि उत्पन्न अस्थिरता र द्वन्द्वको आलो घाउबीच फ्रान्सको राजधानी पेरिसमा सम्मेलन भएको थियो । सम्मेलनपछि भर्सेल्स सन्धीमा हस्ताक्षर भएको थियो ।

उत्तरी धुव्रमा हिड्ने नर्वेका अन्वेषक

सन् १९९७ मा नर्वेका धुवीय अन्वेषक बोर्ग आउसल्यान्ड कसैको सहयोगबिना एक्लै अन्टार्कटिकामा हिडेका थिए । बोर्गले पृथ्वीकै सबैभन्दा उत्तरी महादेशमा तीन हजार किलोमिटर हिँडेर रेकर्ड कायम गरेका थिए ।
यो पनि
इतिहासमा आज : अमेरिकाले किनेको डेनमार्कदेखि जापानको भूकम्पसम्म
ज्वालामुखीपछि जापान र अमेरिकामा सुनामीको चेतावनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो