English

‘बाँसको कप्टेरो’ टिकटक च्यालेञ्जका विजेता बने जुम्ल्याहा अमर र अमृत



काठमाडौं– गायिका सुनिता दुलाल र गायक प्रताप दासको स्वर रहेको बाँसको कप्टेरो गीतको टिकटक च्यालेञ्जमा जुम्ल्याहा अमर, अमृत दाहाल प्रथम भएका छन् । एक महिना अघि सार्वजनिक भएको च्यालेञ्जमा जुम्ल्याहा दाजुभाई विजेता बनेका हुन् ।

विजेताले पुरस्कार स्वरुप २५ हजार रुपैयाँ र बाँसको कप्टेरो–२ को म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन् । टिकटकबाटै सेलिब्रेटी छवि बनाएका जुम्ल्याहा दाजुभाई टिकटकमा हुने यस्ता प्रतियोगितामा विजेता बन्दा उत्साहित भएको बताउँछन् ।

यस्तै, प्रतियोगितामा ९ वर्षिय बालक उप्रेश ढकाल दोस्राे भए । उनले पुरस्कारस्वरुप १५ हजार रुपैयाँ प्राप्त गरे । भविष्यमा अभिनेता बन्ने लक्ष्य राखेका ढकाल प्रतियोगितामा दोस्रो हुँदा प्रफुल्लित छन् । ‘दोस्रो भएकोमा निकै खुशी छु,’ उनी भन्छन्, ‘यस्ता प्रतियोगिता भैरहने हो भने पक्कै पनि मेरो हिरो बन्ने सपना पुरा गर्न सहयोग पुग्छ ।’

यसैगरी टिकटकर रिना तामाङ प्रतियोगितामा तेस्रो भइन। उनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको सान्त्वना पुरस्कार पुरु सिग्देल र अविनाश हमालले प्राप्त गरेका छन् । उनीहरूलाई ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको गायिका दुलालले बताइन् ।

नयाँ अनुहारलाई प्राथमिकता दिने उद्धेश्यले गरिएको उक्त प्रतियोगितामा शारीरिक हाउभाउ, पोशाक र अभिनयलाई हेरेर प्रथम, द्वितिय, तृतिय र सान्त्वना छुट्याइएको नृत्य निर्देशक गम्भीर विष्ट बताउँछन् । बाँसको कप्टेरो गीतको भिडियोले युट्युबमा १६ लाखभन्दा बढी भ्यूज पाएको छ । यस्तै टिकटकमा पनि हजारौं भिडियो बनेका छन् ।

उपविजेता उप्रेश ढकाल
उपविजेता उप्रेश ढकाल
सान्त्वना पुरस्कार विजेता अविनाश हमाल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested