English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



दिनभरको तिव्र उतारचढावका बीच आज नेप्से २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ३.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले बढेको छ।

आज बजार साढे २० अंक बढ्दा करिब ८ अर्बको सेयर खरिदबिक्री भएको छ। २२४ कम्पनीको ९६ हजार ४०८ पटकको कारोबारमा ७ अबए ९० करोड १८ लाख ९० हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स, नेपाल टेलिकम र अपर तामाकोशीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार पनि मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य आज ४१ रुपियाँ ७० पैसा बढेर ४५८ रुपियाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सनराइज ब्लुचीप फण्डको इकाई मूल्य र सिंगटी हाइड्रोपावर तथा सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यो पनि
आजदेखि दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का बजारमा
सेयर बजारमा उछाल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested