English

आजदेखि स्वस्थानी व्रत एवं माघस्नान सुरु



आजदेखि स्वस्थानी व्रत एवं माघस्नान सुरु भएको छ । हिन्दू धर्मावलम्बीहरूले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत र माघ स्नान विभिन्न नदि तथा जलाशयहरूमा गई स्नान गरी व्रत बस्ने गर्दछन् ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुका स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ ।

यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रत मात्र गर्ने गरी तयारी गरिएको छ । वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।
यो पनि
थाहा पाउनुहोस् आजको राशिफल
माघे संक्रान्तिको बहुआयामिक विशेषता



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई

Latest










Popular
Suggested