English

माघे संक्रान्तिको बहुआयामिक विशेषता



विष्णुप्रसाद पोखरेल, प्राचार्य, वेद विद्याश्रम

माघ १ गतेलाई माघे संक्रान्ति, मकर संक्रान्ति, घ्यु चाकु खाने दिन तथा उत्तरायणको आरम्भको रूपमा मनाइने गरिन्छ । सूर्यले हरेक महिना राशि परिवर्तन गर्छ । वैशाख महिनामा मेष, वृष हुँदै भोलि माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति भनेर मनाइएको हो ।

दुईवटा आयन हुन्छ एउटा दक्षिणायन र अर्को उत्तरायण । अहिलेसम्म दक्षिण दिशा तर्फबाट सूर्य उदाएको देखिन्थ्यो भने माघ महिनाबाट सूर्य उत्तरतर्फ उदाएको देखिँदै जानेछ र त्यसलाई उत्तरायण भनिन्छ । सूर्य उत्तरतिरबाट उदाउँदा दिन लामो हुन्छ र दक्षिण तिरबाट उदाउँदा दिन छोटो हुन्छ । माघे संक्रान्तिबाट सूर्य औपचारिकरूपमा उत्तरतिर जाँदा पृथ्वीको तापक्रम बढ्न थाल्छ । जसले गर्दा गर्मी बढ्छ र दिनहरू लम्बिन थाल्छन् ।

माघे संक्रान्ति एउटा यस्तो पर्व हो जुन हरेक समुदायले मनाउने गर्छ । नेपालको जुनसुकै भू–भागमा बस्ने, बाहुन, क्षेत्री, राई, लिम्बू, नेवार, गुरुङ, मगर, थारू आदि सबै जनजातिले माघे संक्रान्तिलाई आफ्नै तरिकाले मनाउने गरेको पाइन्छ । जाडो याममा आउने माघे संक्रान्तिले जाडोयामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ ।

यो पर्वलाई नयाँ वर्षको शुरुवातको रूपमा पनि विभिन्न समुदायले मनाउने गर्छन् । नाचगान गर्ने, मीठा मीठा परिकारहरू पकाएर खाने र हर्षोल्लासको साथ मनाइने यो पर्वको विशेष महत्त्व छ ।

माघबाट तातो दिनको शुरुवात हुने गर्छ । यो दिनमा विशेषगरी जलाशयहरूमा स्नान गर्ने भगवान् सूर्यको उपासना गर्ने गरिन्छ । पितृहरूको नाममा दान दक्षिणा गर्ने, विभिन्न परिकारहरू पकाएर पितृलाई चढाउने गरिन्छ ।

यो पर्वलाई नयाँ वर्षको शुरुवातको रूपमा पनि विभिन्न समुदायले मनाउने गर्छन् । नाचगान गर्ने, मीठा मीठा परिकारहरू पकाएर खाने र हर्षोल्लासको साथ मनाइने यो पर्वको विशेष महत्त्व छ ।

माघ १ गते खाइने विभिन्न परिकारहरूको पनि विशेष महत्त्व छ । माघ १ खिचडी पकाएर खाने चलन लामो समयदेखि चल्दै आएको हो । खिचडीमा प्रयोग हुने घ्यू, मासको दालले शरीरमा तागत प्रदान गर्छ । यो दिन उसिनेको तरुल पनि खाइन्छ तरुलमा प्रशस्त मात्रामा भिटामिन र आइरन हुन्छ जसले हाम्रो शरीरमा भिटामिन आइरनको कमी पूरा गर्छ । गाईको शुद्ध घ्यूले शरीरमा तागत दिन्छ र चिसोबाट बचाउँछ ।

तिलको परिकारहरू र चाकु पनि खाने चलन छ । यी खानेकुराहरूले पनि शरीरमा तागत दिने र विभिन्न भिटामिन्स मिनरल्सहरुको कमीलाई पूरा गर्छ । शरीरलाई बलियो बनाएर रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।

धेरै समुदायले मनाउने यो पर्वले बहुआयामिक विशेषता बोकेको छ । हरेक समुदायको आ–आफ्नै मूल्य मान्यता छ र मनाउने चलन भने फरक–फरक छ । थारू समुदायले ‘माघ’ वा ‘माघी’ को रूपमा मनाउने यो पर्व मगरहरूले ‘माघ्या सकराति’ तथा नयाँ वर्षको रूपमा मनाउने गर्छन् ।

माघ महिनाबाट दिन लम्बिन्छ र चिसो पनि बिस्तारै हटेर जान्छ । मौसम परिवर्तन हुन्छ, सूर्य मकर राशिमा परिवर्तन गर्छ । यी सबैको कारण माघ १ गते पवित्र तथा शुभ दिन हो । त्यसैले, यो दिन पवित्र जलाशयमा गएर स्नान गर्ने, पूजा आराधना गर्ने, पितृहरूलाई स्मरण गर्ने गरिन्छ ।

यस दिनसँग अर्को एउटा कुरा पनि जोडिएको छ । तरुललाई पुसको अन्तिम दिनमा उसिनेर माघ एक गते खाने । ‘पुसे जाडो माघे घाम’ भनिन्छ । जसको अर्थ पुसको अन्तिम दिन उसिनेर राखेको तरुल रातभरि राख्दा त्यसले चिसो सोस्छ र अर्को दिन त्यो खाँदा अब चिसोको अन्त्य भयो है भन्ने अर्थ राख्छ ।

यो पनि…
थारू समुदायको माघ : नयाँ वर्ष कि आर्थिक वर्ष ?
माघ्या सकरातीको पुनर्जागरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested