English

फुटबलमा ‘ट्रस्ट द प्रोसेस’



फुटबल जगतमा आजभोलि एउटा अंग्रेजी वाक्याशं निकै चर्चित छ, ‘ट्रस्ट द प्रोसेस’ अर्थात् ‘प्रक्रियामा विश्वास गर्नुस् ।’ प्रशिक्षक परिवर्तन हुनासाथ आजकै भोलि गतिला नतिजाहरू नआउन सक्छन् । तर नयाँ प्रशिक्षकसँगै आउने नयाँ शैली यदि त्यो क्लब सुहाउँदो छ भने विस्तारै प्रगति देखिन थाल्छ र केही समयपछि त्यसले राम्रो नतिजा पनि देखाउन थाल्छ । यो वाक्याशंले बुझाउन खोजेको कुरा पनि यही नै हो ।

तीन वर्षअघि ओले गुनर सोल्सकायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्दा म्यानचेस्टर युनाइटेडले यही भनेको थियो ।

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक ओले गुनर सोल्सकायर

त्यसपछि युनाइटेडले केही हदसम्म सुधारिएको खेल पस्क्यो, म्यानचेस्टर सिटीविरुद्ध एकाध डर्बी पनि जित्यो र च्याम्पियन्स लिगमा पनि लगातार स्थान बनाइरह्यो । तर, उपाधिले भरिएको गर्विलो इतिहास भएको युनाइटेडका समर्थकले यतिमा चित्त बुझाउने कुरै भएन । त्यो माथि अर्को बिडम्बना के भने युनाइटेडका दुई प्रमुख प्रतिस्पर्धी म्यानचेस्टर सिटी र लिभरपुलले केही सिजनयता आफ्ना प्रशिक्षकको शैलीमा फिट हुने राम्रा खेलाडी भित्र्याएर गज्जब खेलिरहेका थिए ।

अर्को प्रतिस्पर्धी चेल्सीले गत सिजन थोमस टुकेलको रणनीति अनुसार युवा खेलाडी खरो उत्रिदाँ च्याम्पियन्स लिग जित्यो । यी तीन टिमको खेल हेर्दा प्रिमियर लिगको उपाधि युनाइटेडको पहुँचभन्दा निकै टाढा भएको स्पष्ट हुन्थ्यो ।

अर्को प्रतिस्पर्धी चेल्सीले गत सिजन थोमस टुकेलको रणनीति अनुसार युवा खेलाडी खरो उत्रिदाँ च्याम्पियन्स लिग जित्यो । यी तीन टिमको खेल हेर्दा प्रिमियर लिगको उपाधि युनाइटेडको पहुँचभन्दा निकै टाढा भएको स्पष्ट हुन्थ्यो ।

यो सिजन प्रिमियर लिगको उपाधि भिडन्तमा सिटी, लिभरपुल र चेल्सीकै दबदबा रहने अनुमान जो कोहीले गर्न सक्थे । यस्तो अवस्थामा युनाइटेडले प्रिमियर लिगका लागि प्रतिस्पर्धा गर्न क्लबमा ठूलै परिवर्तन गर्नुपर्ने आवश्यक देखिन्थ्यो । यो कुरा युनाइटेडका कट्टर समर्थक र पूर्व खेलाडीहरू ग्यारी नेभिल र रियो फर्डिनान्डले पनि स्विकारेका थिए ।

यसै सिजन क्रिस्टियानो रोनाल्डो आएपछि युनाइटेड लयमा फर्किने आशा पलाएको थियो । हुन त रोनाल्डोलाई योजनाबद्ध तरिकाले नभई प्रतिस्पर्धी क्लबमा नजाऊन् भन्ने हेतुले युनाइटेडले अनुबन्ध गरेको हो । यो कुरा युनाइटेडका कयौं पूर्वखेलाडीले खुलेआम भन्दै आएका छन् । जे होस् रोनाल्डोको आगमनपछि युनाइटेडले गोलको वर्षा गर्ने र गत सिजनभन्दा राम्रो खेलेर प्रिमियर लिग र च्याम्पियन्स लिग दुवैको उपाधि भिडन्तलाई रोचक बनाउने आशा थियो ।

युनाइटेडका खेलाडी क्रिस्टियानो रोनाल्डो बायाँ तथा प्रशिक्षक राल्फ राङनिक दायाँ

युनाइटेडमा रोनाल्डोको उपस्थितिले युवा खेलाडीमा पनि ऊर्जा भर्नेछ भनेर समर्थकहरू उत्साही हुनु पनि स्वभाविक नै थियो । तर, यो उत्साह धेरै टिकेन । एक दुई खेलपछि नै लगातार युनाइटेडको प्रदर्शन निराशाजनक हुन थाल्यो । जसको तारो बने प्रशिक्षक सोल्सकायर ।

योर्गेन क्लप र थोमस टुकेलको शैलीलाई चुनौती दिन सक्ने आधुनिक प्रशिक्षक चाहियो । क्लबका अनुसार गत नोभेम्बरमा सोल्सकायरलाई बर्खास्त गरेर राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षकमा गरिएको नियुक्ति यसैको एक प्रक्रिया हो ।

केही समयअघिसम्म सोल्सकायरको टिम निर्माण प्रक्रियामा भरोसा गरेका सबैजसोले उनकै क्षमतामाथि प्रश्न गर्न थाले । प्रिमियर लिगलाई नजिकबाट हेररिहेका हरेक विश्लेषक, पूर्व खेलाडी र युनाइटेडका सर्मथक सबैको एउटा साझा बुझाइ के थियो भने, यदि युनाइटेडलाई प्रिमियर लिगको उपाधि जित्नु छ भने ठूला खेलाडीभन्दा पहिले जित्ने प्रशिक्षकको खोजी गर्नु उचित हुन्छ ।

अझ स्पष्ट पारेर भन्नुपर्दा पेप ग्वार्डिओला, योर्गेन क्लप र थोमस टुकेलको शैलीलाई चुनौती दिन सक्ने आधुनिक प्रशिक्षक चाहियो । क्लबका अनुसार गत नोभेम्बरमा सोल्सकायरलाई बर्खास्त गरेर राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षकमा गरिएको नियुक्ति यसैको एक प्रक्रिया हो । राङनिकको नियुक्तिसँगै युनाइटेड समर्थकमाझ फेरि त्यही वाक्याशं सुनिन थालेको छ, ट्रस्ट द प्रोसेस ।

यहाँ केही प्रश्न उठ्न सक्छन् । के राङनिक जित्ने प्रशिक्षक हुन् ? के उनी आधुनिक प्रशिक्षक हुन् ? राङनिकको प्रशिक्षण करियरलाई नियाल्ने हो भने होफनहाइमलाई पहिलो सिजनमै दोस्रो श्रेणीबाट विजेताका रूपमा पहिलो श्रेणीको जर्मन बुन्डेसलिगामा पुर्याउनु र २०१०/११ सिजनमा साल्केलाई डीएफबी पोकल (जर्मन फुटबल एसोसिएसनले वर्षेनि आयोजना गर्ने नकआउट कप) जिताउनुबाहेक उनले देखाउनलायक अन्य कुनै उपाधि जिताएका छैनन् ।

त्यसो भए म्यानचेस्टर युनाइटेड जस्तो ठूलो क्लबका लागि उनी कसरी योग्य प्रशिक्षक भए त ? यहाँ माथिको दोस्रो प्रश्न अर्थात् उनी आधुनिक प्रशिक्षक हुन् कि होइनन् भन्ने कुराले ठूलो अर्थ राख्छ । युनाइटेड आउनुअघि उनले सम्हालेका हरेक टिमको खेल्ने शैलीलाई केलाउने हो भने राङनिक साँच्चै आधुनिक प्रशिक्षक भएको कुरामा सायद कोही असहमत हुँदैन । राङनिककै अनुसार लिभरपुलका योर्गन क्लोप र चेल्सीका थोमस टुकेलको फुटबल फिलोसोफीसँग उनको शैली ठ्याक्कै मिल्छ । अझ ग्वार्डिओलाको शैलीमा पनि उनले धेरै समानता भेट्छन् ।

कस्तो शैलीलाई आधुनिक भन्ने ? यहाँ सबको आफ्नै बुझाइ र विश्लेषण हुनसक्छ । सरल भाषामा बुझ्ने हो भने राङनिकको जस्तो आधुनिक शैली भनेको खेलको जुनसुकै समयमा पनि विपक्षीमाथी हाबी हुँदै लगातार आक्रमण गर्नु हो ।

फेरि प्रश्न उठ्छ , कस्तो शैलीलाई आधुनिक भन्ने ? यहाँ सबको आफ्नै बुझाइ र विश्लेषण हुनसक्छ । सरल भाषामा बुझ्ने हो भने राङनिकको जस्तो आधुनिक शैली भनेको खेलको जुनसुकै समयमा पनि विपक्षीमाथी हाबी हुँदै लगातार आक्रमण गर्नु हो । यो भन्दा पनि सरल भाषामा भन्नुपर्दा एक गोल गरेर अग्रता जोगाउनका लागि खेल्नुभन्दा बरु चार खान्छु तर पाँच गोल गर्छु भन्ने मानसिकताका साथ खेल्नु हो ।

यो हासिल गर्ने प्रशिक्षक अनुसार आफ्नै तौर तरिका हुन्छन् । जुन तौर तरिका राङनिकले अपनाउँछन्, त्यसलाई उनी रक एन्ड रोल फुटबल भन्ने गर्छन् । रक एन्ड रोल शब्दसँग लिभरपुल समर्थक पनि परिचित छन् । योर्गेन क्लपले लिभरपु्लले खेल्ने शैलीबारे ब्याख्या गर्दा कैयौँपटक यो शब्द प्रयोग गरेका छन् । त्यसैले त हो राङनिकले उनको शैलीसँग योर्गेन क्लपको शैली ठ्याक्कै मिल्छ भनेर दाबी गरेको । राङनिकसँगै म्यानचेस्टर युनाइटेडमा पनि रक एन्ड रोल शैलीको फुटबल आउने आशमा रमाउने समर्थक धेरै हुने नै भए ।

किनभने खेलको अन्तिम समयसम्म हार नमानी थुप्रै कमब्याकहरूको इतिहास बोकेको क्लब हो म्यानचेस्टर युनाइटेड । इतिहासका पाना पल्टाउँदै युनाइटेडको कमब्याकहरूको सूची बनाउने हो भने जो कोहीको पहिलो नम्बरमा पर्छ १९९९मा च्याम्पियन्स् लिग फाइनलमा बायर्न म्युनिखविरुद्धको कमब्याक । एक शुन्यले पछि परेको स्थिति उल्ट्याउँदै ९० मिनेट पछिको अतिरिक्त समयमा दुई गोल गर्दै उपाधि जितेको युनाइटेडका लागि विजय गोल गरेका थिए तिनै ओले गुनर सोल्सकायरले जसको बर्खास्तिपछि नै राङनिक युनाइटेडको प्रशिक्षक नियुक्त भएका हुन् ।

उपाधि जितेरभन्दा पनि टिम बिल्डिङ र जुझारूपन झल्किने आधुनिक शैलीमा खेल्न सिकाउन खप्पिस भनेर चिनिएका राङनिक चालु सिजन अन्त्यसम्मका लागि मात्रै अन्तरिम प्रशिक्षकमा नियुक्त भएका हुन् ।

उपाधि जितेरभन्दा पनि टिम बिल्डिङ र जुझारूपन झल्किने आधुनिक शैलीमा खेल्न सिकाउन खप्पिस भनेर चिनिएका राङनिक चालु सिजन अन्त्यसम्मका लागि मात्रै अन्तरिम प्रशिक्षकमा नियुक्त भएका हुन् । त्यसपछिको दुई वर्ष युनाइटेडमा उनी परामर्शदाताका रूपमा रहने बताइएको छ । युनाइटेडका खाँटी समर्थक तथा पूर्वकप्तान ग्यारी नेभिलले यो सम्झौतालाई यसरी व्याख्या गर्छन्–‘राङनिकले अबको ६ महिना युनाइटेडको फस्र्ट टिमलाई प्रशिक्षण दिनेछन् ।’

त्यसपछिको दुई वर्ष क्लबलाई नै प्रशिक्षण दिनेछन् । चेल्सीका पूर्वखेलाडी क्रेग बर्ली, जो अहिले फुटबल विज्ञका रूपमा सक्रिय छन्, राङनिकको नियुक्तिलाई युनाइटेडले केही वर्षयता गरेका मध्ये सबैभन्दा समझदार निर्णय मान्छन् । राङनिकको आगमनबारे प्रिमियर लिगका यी दुई पूर्वखेलाडीको प्रतिक्रियाबाट अब तपाईं आफ्नै हिसाब लगाउनुस् युनाइटेडको समस्या के हो ?

राङनिक आएयता युनाइटेडले जम्माजम्मी आठ खेल खेलेको छ । जसमध्ये चार जित,तीन बराबरी र एक हार बेहोरेको छ । हुन त यति छोटो समयमै प्रशिक्षकको लेखाजोखा गर्नु उचित होइन । तर, विपक्षी टिमको स्तर अनुसार युनाइटेडले यी आठ खेलमा हात पारेको नतिजा सन्तोषजनक छैन ।

बलियो टिम निर्माण गर्नसक्ने क्षमतामा विश्वास गरेर ल्याइएका राङनिकले हालको टिममा के सुधार गरे र युनाइडेड फेरी सशक्त टिम बन्ने लक्ष्यभन्दा कति पर छ त, प्रसंशक होस् या विश्लेषक सबैको प्रश्न यसमा सोझिनुपर्छ । बल सक्दो धैरे समयसम्म आफ्नो नियन्त्रणमा राख्नु र गुमाउनेबित्तिकै आक्रमक भएर खोस्न जानु हालसम्म राङनिकले सम्हालेका टिमले खेलेको फुटबल यस्तै किसिमको हो ।

राङनिकले जानेको आधुनिक आक्रमक शैलीमा बल आफ्नो नियन्त्रणमा हुँदा र विपक्षीको नियन्त्रणमा हुँदा के गर्ने र त्यसका लागि को कहाँ कस्तो अवस्थामा रहनुपर्ने कुरामा खेलाडीहरू स्पष्ट हुनु जरुरी हुन्छ ।

नियन्त्रण गुमाउँदा आक्रमक शैलीमा खोस्न जानुलाई राङनिक ‘गेनजेन’ प्रेसिङ भन्न रुचाउँछन् । गएका आठ खेलमा युनाइटेडले यस्तै शैलीको सिको गर्न खोजेको झल्को देखिन्छ । शैली जुनसुकै भए पनि फुटबलमा लक्ष्य सबैको एक हो, गोल गर्ने । राङनिकले जानेको आधुनिक आक्रमक शैलीमा बल आफ्नो नियन्त्रणमा हुँदा र विपक्षीको नियन्त्रणमा हुँदा के गर्ने र त्यसका लागि को कहाँ कस्तो अवस्थामा रहनुपर्ने कुरामा खेलाडीहरू स्पष्ट हुनु जरुरी हुन्छ ।

फुटबलमा यसलाई पोजिस्नल प्लेको ज्ञान भन्ने गरिन्छ । राङनिकले चाहेको जस्तो डाइरेक्ट र पोजिस्नल प्ले बुझ्न हाल युनाइटेडमा रहेका खेलाडीलाई अझै केही समय लाग्ने देखिन्छ । कारण यहि हो पछिल्ला सात खेलमा युनाइटेडको प्रदर्शन सन्तोषजनक नरहनुको । कतिपय अवस्थामा बल नियन्त्रणमा लिइसकेपछि के गर्ने स्पष्ट नहुदा अल्मलियर फेरी नियन्त्रण गुमाउने गरेका छन् युनाइटेडका खेलाडीले । राङनिकको शैलीबारे थोरै मात्र ज्ञान भएका जोकोहीले पनि प्रिमियर लिगमा वुल्भ्स्सग हारेको खेलबाट यहि निष्कर्ष निकाल्न सक्छ ।

खेलाडीहरूलाई निर्देशन दिने क्रममा प्रशिक्षक राङनिक

आफूले सिकाउन खोजेको शैली र उपलब्ध खेलाडीका क्षमताअनुसार कस्तो संरचना उपयुक्त हुन्छ, प्रशिक्षकले पनि सही हिसाब लगाउन सक्नुपर्छ । सायद राङनिकलाई पनि यो हिसाब गर्न केही सयम लाग्ला । उनले अपनाउने गरेको अनौठो ४–२–२–२ संरचनाले पनि होला सायद खेलाडीहरू अल्मलिएको । प्रिमियर लिगका लागि नौलो भए पनि यो संरचना नौलो भने होइन । नब्बेको दशकको अन्त्यतिर स्कटिस क्लब सेल्टिकले यो संरचना प्रयोग गरेको थियो ।

युनाइटेडले यही संरचना प्रयोग गर्ने निर्णय नै गरिसकेको हो भने पहिला प्री–सिजनमा यसमा गतिलोसँग अभ्यास गर्नु जरुरी छ । चालु सिजनको अन्त्यसम्मका लागि मात्रै अन्तरिम प्रशिक्षक भएका राङनिकले त्यति समय पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन ।’

त्यतिबेला, क्रेग बर्ली सेल्टिकमै थिए । बर्लिले सबैभन्दा नरुचाउने संरचना हो यो । यस्तो संरचनामा खेलेको उनको अनुभवले के भन्छ भने, ‘यस्तो अनौठो संरचनामा जो कोही जम्न सक्दैन । युनाइटेडले यही संरचना प्रयोग गर्ने निर्णय नै गरिसकेको हो भने पहिला प्री–सिजनमा यसमा गतिलोसँग अभ्यास गर्नु जरुरी छ । चालु सिजनको अन्त्यसम्मका लागि मात्रै अन्तरिम प्रशिक्षक भएका राङनिकले त्यति समय पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन ।’

राङनिकलाई ६ महिनाका लागि मात्रै अन्तरिम प्रशिक्षकमा नियुक्त गर्नुको कारण पनि छ । युनाइटेडले आफ्नो प्रोजेक्ट सुहाउँदो स्थायी प्रशिक्षक छान्न पर्याप्त समय लिन खोजेको हो । त्यसै पनि तत्कालीन अवस्थामा युनाइटेडले खोजेको जस्तो कोही प्रशिक्षक उपलब्ध थिएनन् ।

राङनिकलाई अन्तरिम प्रशिक्षक पछि त्यही क्लबको प्रोजेक्टमा निर्देशक भएर काम गरेको अनुभव पनि छ । हाल बजारमा सुनिएको हल्ला अनुसार युनाइटेडले पीएसजीका प्रशिक्षक मोरिसियो पोचेटिनोलाई भित्र्याउन खोजेको छ ।

युनाइटेड अब के कुरामा स्पष्ट हुनु जरुरी छ भने अब राङनिकपछि आउने प्रशिक्षकले क्लबको स्थिति र अपेक्षा राम्ररी बुझेको हुन जरुरी छ र त्यो प्रशिक्षकको तरिकामा फिट हुने खेलाडी मात्रै भित्र्याउनुपर्छ ।

युनाइटेड अब के कुरामा स्पष्ट हुनु जरुरी छ भने अब राङनिकपछि आउने प्रशिक्षकले क्लबको स्थिति र अपेक्षा राम्ररी बुझेको हुन जरुरी छ र त्यो प्रशिक्षकको तरिकामा फिट हुने खेलाडी मात्रै भित्र्याउनुपर्छ । नयाँ प्रशिक्षक पनि युनाइटेडलाई उपाधि जिताउन सक्ने क्षमताको हुनु्पर्छ । तर, त्यसका लागि प्रशिक्षकलाई युनाइटेडका तर्फबाट भने साथ र समय पनि पर्याप्त दिनुपर्छ । नत्र नयाँ प्रशिक्षक आउने र ‘ट्रस्ट द प्रोसेस’ भनिरहने सिलसिला चलि नै रहनेछ ।

यो पनि
आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश पुगेका खेलाडीले ल्याए दुई स्वर्ण
‘ए’ डिभिजन लिगले पूरा गर्यो १०० गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,