English

अभिनेत्री रेखा थापाको १० दिनका ८ मन छुने स्टाटस



अभिनेत्री रेखा थापा बेलाबेला चर्चामा आइरहन्छिन् ।

पहिला पहिला उनलाई फिल्मी समाचारले चर्चामा ल्याउँथे । त्यसैको बीच–बीचमा उनको चर्चा ग्ल्यामरस विषयमा जोडिएर हुन्थ्यो । हाँस्य–ब्यङ्यकारहरू उनलाई रेखा थापाको सट्टा ‘देखा थापा’ भनेर उडाउँथे पनि ।

पछिल्लो समय रेखाको परिचय फिल्मी समाचारको रूपमा हुने गर्दैन । ग्ल्यामरको कुरा पनि ओझेल पर्दै गएका छन् । र, उनलाई कसैले ‘देखा थापा’ भनेर उडाउँदैन पनि । तर पनि उनको चर्चा बेला–बेलामा हुने गर्छ, राम्रैसँग ।

केही बर्ष यता रेखा थापाको नाम राजनीतिमा पनि जोडिएर आउँछ । एकताका माओवादी कमाण्डर प्रचण्डसँग कम्मर मर्काएर नाचेपछि उनको राजनीतिसँग जोडिएर चर्चा सुरु भयो । त्यसपछि राप्रपा प्रवेश, त्यसै खेमाको सहमहामन्त्री र पछिल्लो पटक भूमिगत जीवन छोडेका बिप्लवसँगको भेटसम्म आइपुग्दा धेरै समाचार बने उनको सक्रियताको ।

आगामी दिनको राजनीतिमा रेखाले कस्तो कदम चाल्नेछिन् ? त्यो आउँदा दिनले बताउँदै जाला । अहिलेको चर्चा भने उनले सामाजिक सञ्जालमा ब्यक्त गरिएका भावना र विचारहरूको हो । उनको जस्तो स्टाटस समकालीन नायिकाहरूले पोष्ट गर्दैनन् । सायद यही कारण पनि उनका स्टाटसहरूले समाजमा महत्व राख्न थालेका छन् । पछिल्लो १० दिनमा उनले लेखेका ८ स्टाटस यस्ता छन् –
(जस्ताको त्यस्तै)

१. कसले भन्छ कि तस्बिर र तक्दिर जोडिएका हुँदैनन ? तस्बिरमा उमङ्ग भए तक्दिरमा आफै उमङ्ग छाउँदछ । (२०७७ चैत ११)

२. जिन्दगीमा कतिबेला औषधी बिष बन्छ र कतिबेला बिष औषधी बन्छ, ठेगाना हुन्न । नाम र पहिचानको नशा सधैंको लागि नबोक्नु राम्रो ।

३. चेहरा भावहरूको मसीले लेखिएको पुस्तक हो जस्तो लाग्छ ।

४. लेख्ने आफू र पढने संसार हुन्छ । शुभ–शब्द र शुभ–चित्त रहोस् ।

५. हामी मानवले पाएको अमूल्य विवेकको काम निर्माण गर्ने हो । बिग्रेकोलाई फेर्ने र नभएको चिज रचना गर्ने हो ।

६. जीवन त्यतिबेला सबैभन्दा राम्रो लाग्छ, जब यो पूर्वानुमान गर्न नसकिने हुन्छ ।

७. खुशी र दुःखमा आत्मनिर्भर बन्न सिक, किनकी एकदिन यो वास्तविकता तिमीले देखेरै जानु छ ।

८. धर्तीमा विभेद, असमानता र प्रतिकुलता विरुद्द बुलन्द आवाज उठाएका विश्वका बहादुर महिला अगुवालाई नमन । न्यायको निम्ति संघर्षरत सम्पूर्ण नारीलाई शसक्त शुभकामना ।

वास्तवमा नै मन छुने स्टाटस छन् अभिनेत्री रेखा थापाका । केही बर्षदेखि उनी आफ्ना भावना यसैगरी ब्यक्त गर्दै आएकी छन् ।

र, रेखाले सामाजिक सञ्जालमा पोष्ट गरेका विचार उत्तिकै अर्थपूर्ण र गहिरा पनि हुने गर्छन् । आउँदा दिनमा यस्ता स्टाटसले निरन्तरता पाउँदै जाऊन्, शुभकामना अभिनेत्री थापालाई ।

तस्विरः रेखा थापाको फेसबुकबाट ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य