English

थाहा पाउनुहोस् आजको राशिफल



आज माघ १ गते शनिवार। यस्तो छ आजको तपाईंको राशिफल ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाइने छ । परिवारको साथ सहयोगले तपाईंको कार्य योजना सफल हुनेछ । यात्राबाट फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदयपछि मात्र निस्कनु बेस हुनेछ । पूर्वदिशा तर्फको यात्रा फलदायी हुनेछ ।   

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अर्थलाभ हुनेछ । व्यापारको कामबाट फाइदा  हुनेछ । तपाईं सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ, आजको दिन विहान स्नान गरेपछि सूर्योदयको दर्शन गर्नुहोला ।     

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  आजको दिन तपाईंलाई परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै बेस हुनेछ ।     

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । आज विहान स्नान गरेपछि  सूर्यनारायणलाई जल अर्पण र दर्शन गर्नुभयो भने तपाईको आजको दिन र साता नैं सफल हुनेछ ।    

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । आज कुनै देवालयको दर्शन गर्नुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आज आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी अथवा साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले सफलता मिल्नेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् । देवालय र शिवालयको यात्राले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ।     

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सामाजिक सेवा र अध्यात्म कार्यका समय खर्चनुहोला ।  अध्ययन अध्यापनमा समय विताउदा फाइदा हुनेछ । तपाईका लागि आजको दिन आफन्तजनसँगको यात्राले खुसियाली छाउने छ । विहान  स्नान, सूर्योदयको दर्शनपछि अध्यात्म ग्रन्थको अध्ययन, मनन, चिन्तन र श्रवणले उर्जा मिल्नेछ । आजको दिन शैक्षिक कार्ययोजना बनाउँदा सफलता मिल्नेछ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो