English

माघे संक्रान्तिका खानेकुरा, स्वास्थ्यका लागि लाभदायक



आरेम कार्की, पोषणविद्

दशैं, तिहार होस् या माघे संक्रान्ति विभिन्न चाडबाडहरूमा भिन्न–भिन्न प्रकारका खानाहरू खाने चलन छ । यसरी, चाडपर्वअनुसार खाइने खानाहरूको पनि छुट्टा–छुट्टै मूल्य मान्यताहरू छन् । माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डु, उसिनेको तरुल खाने चलन धेरै लामो समयदेखि चल्दै आएको हो ।

यसरी, चाडबाडहरूमा खाइने खानेकुराहरूको आ–आफ्नै महत्त्व छ । उदाहरणका लागि जनैपूर्णिमामा खाइने टुसा उमारिएको गेडागुडीलाई लिन सकिन्छ । टुसा उमारिएको गेडागुडीमा प्रशस्त मात्रामा पोषकतत्व पाइन्छ ।

माघे संक्रान्तिमा खाइने घ्यू चाकु, तिलको लड्डु र उसिनेको तरुलको पनि छुट्टै महत्त्व छ । उखुबाट बनेको सख्खरमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन मिनरल्सको मात्रालाई पूरा गर्छ । त्यसैले, सख्खरबाट बनेको चाकु, तिलको लड्डु, भुजाको लड्डु आदी खाजाको रूपमा अरू बेला पनि खान सकिन्छ ।

चाकु गुलियो हुन्छ । त्यसैले, मधुमेहको बिरामीले खान हुन्छ कि हुँदैन भनेर धेरैको प्रश्न हुन सक्छ । तर, चाडबाडको बेलामा सीमित मात्रामा चाकु खाँदा त्यसले केही पनि असर गर्दैन ।

चिनीबाट बनेको खानेकुरा भन्दा यो एकदमै लाभदायक हुन्छ । हुन त चिनी र सख्खर दुवै उखुबाटै बनेको हो । तर, सख्खरलाई चिनी जति प्रशोधन गरेको हुँदैन । त्यसैले, उखुमा हुने भिटामिन र मिनरल्स सख्खरमा पनि हुन्छ । जुन स्वास्थ्यको दृष्टिकोणले एकदमै फाइदाजनक हो ।

चाकु गुलियो हुन्छ । त्यसैले, मधुमेहको बिरामीले खान हुन्छ कि हुँदैन भनेर धेरैको प्रश्न हुन सक्छ । तर, चाडबाडको बेलामा सीमित मात्रामा चाकु खाँदा त्यसले केही पनि असर गर्दैन ।

यस्तै, तरुल जमिनमुनि फल्ने भएकोले तरुल पनि मधुमेहको बिरामीहरूले खानुहुँदैन पनि भनिन्छ । त्यो पनि शतप्रतिशत सही होइन तरुल, आलु र चिनीचाहिँ नखाने, तर भात टन्न खाने गर्दा पनि सुगरको लेबल बढ्छ । त्यसैले, सबै कुराको मात्रा मिलाएर खानु राम्रो हुन्छ ।

धेरै मधुमेह, प्रेसर, मोटोपनाको समस्या भएका बिरामीहरूले सकेसम्म नखाएको राम्रो तर थोरै खाजाको रूपमा खाँदा भने असर गर्दैन । यी खानेकुराहरूको सेवनले क्यान्सर तथा अन्य रोगहरू लाग्नबाट बचाउँछ । त्यसैले, स्वास्थ्य व्यक्तिहरूले माघे संक्रान्तिको दिन मात्र हैन अन्य दिनमा पनि चकलेटको साटो चाकु अन्य जंकफुडको साटो तिलको लड्डु र उसिनेको तरुलको सेवन गर्न सक्छन् ।

बालबालिकाहरूको लागि पनि यो राम्रो खाजा हुन सक्छ । बालबालिकालाई गुलियो खानेकुरा धेरै मनपर्ने भएकोले चक्लेटको सट्टा चाकु र तिलको लड्डु दिन सकिन्छ । उसिनेको तरुललाई खाजाको रूपमा दिन सकिन्छ । जसले गर्दा बालबालिकाहरू जंक फुडबाट टाढा पनि हुन सक्छन् ।

नै पनि खानेकुरा एकैपटक धेरै मात्रामा खाँदा त्यसले नकारात्मक असर गर्न सक्छ । तर, मात्रा मिलाएर खाँदा त्यसले फाइदा गरिरहेको हुन्छ ।

चाकुले जाडोबाट बचाउँछ भन्ने पनि मान्यता छ । तर, एक दिन मात्र चाकु खाएर जाडोबाट बचिने भने होइन । यो समय–समयमा सेवन गर्न सकिन्छ । टुसा उमारिएको गेडागुडी पनि जनैपुर्णिमाको दिन मात्र हैन अन्य दिनमा पनि खान सकिन्छ । यी खानेकुराहरूमा हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्त्वहरू पाइन्छ ।

कुनै पनि खानेकुरा एकैपटक धेरै मात्रामा खाँदा त्यसले नकारात्मक असर गर्न सक्छ । तर, मात्रा मिलाएर खाँदा त्यसले फाइदा गरिरहेको हुन्छ । त्यसैले, सबै रोगका बिरामीहरूले चाडबाड मनाउनका लागि थोरै मात्रामा चाकु र तरुल खान सकिन्छ ।

यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested