English

एपीएफको लगातार दोस्रो जित



अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो ।

एपीएफको जितमा लोकेशले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । लोकेशले २४ बलमा १० चौका र एक छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरी ३६ र सन्दीप जोरा १५ रनमा अविजित रहँदा आसिफ शेखले १२ रनको योगदान दिए । बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिशत जिसीले एक/एक विकेट लिएका थिए ।

एपीएफका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमलसिंह ऐरीले दुई विकेट लिँदा किशोर महतो र शरद भेषवाकरको नाममा समान एक विकेट रह्यो ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार गरेको थियो । बागमतीका ओपनर ईशान पाण्डेले २९ रन बनाए । यस्तै, सुभाषले २१ रन जोडे भने नन्दन यादवले २४ र आदिल खानले १८ रनको योगदान गरे ।

एपीएफका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमलसिंह ऐरीले दुई विकेट लिँदा किशोर महतो र शरद भेषवाकरको नाममा समान एक विकेट रह्यो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ र एपीएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको एपीएफ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ ।

यो पनि…
ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक

‘ए’ डिभिजन लिगले पूरा गर्यो १०० गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested