English

जेलमा रहँदा यस्तो गर्थे सञ्जय दत्त



बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी निकै चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो । यसको सुनुवाइ सन् १९९५ जुन ३० बाट शुरू भएको थियो । झण्डै १२ वर्षपछि सन् २००७ मे १८ मा सुनुवाइ पूरा भएकोमा उनी ६ वर्षको जेल सजायको भागिदार बने ।

सञ्जयका लागि जेल बसाइ विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए । जेलमा उनले काम कैदीसरह समय बिताए । उनले जेलमा धेरै थैली बनाएका थिए ।

सञ्जयका अनुसार उनले पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर जेलमा पैसा कमाउँथे । उनले यसवापत प्रति बोरी २० पैसा पाउँथे । ‘म जेलमा दैनिक ५० देखि सय ब्याग बनाउँथेँ । मैले जेलमा बस्दा दैनिक झण्डै पाँच सयदेखि हजार रुपैयाँ कमाएको थिएँ । मैले त्यो सबै पैसा पत्नी मान्यतालाई दिएँ’, सञ्जयले भनेका छन् ।

सञ्जय आफ्ना लागि जेलमा कमाएको पाँच सय रुपैंयाँको मूल्य ५ हजार करोड रुपैंयाँ बराबर रहेको बताउँछन् । उनले सन् २०१३ देखि सन् २०१६ सम्म पुणेको यरवदा सेन्ट्रल जेलमा सजाय कटाएका थिए ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested