English

प्रचण्ड किन सम्राट अशोकसँग आफ्नो तुलना गर्छन् ? (भिडियो पनि)



प्राचिन भारतको मौर्य राजवंशका चक्रवर्ती राजा अशोक । युद्धकै बलमा अशोकले थुप्रै राज्य जिते अनि सम्राट बने । तर, कलिङ युद्धमा भएको विभत्स हत्यामा सुनिएका चित्कारले अशोकलाई युद्धबाट जितिने राष्ट्र मोह त्याग्न बाध्य पार्यो । जीवनको उत्तरार्धमा उनी गौतम बुद्धको शान्ति मार्गमा लागे । अनि शान्ती दूतका रुपमा विश्वमा कहलिए ।

मंगलबारको अपरान्ह चार बजे । खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको बैठक हल । हलमा पूर्व राजदूतदेखि कलाकारसम्मको उपस्थिती । बुद्धको जन्मस्थल लुम्बिनीका बारे विश्वमा रहेको व्याप्त भ्रमलाई चिर्ने उद्धेश्यले सुरु भएको लुम्बिनी–कपिलवस्तुले विश्व अभियानको दूतमा सेलिब्रिटीलाई नियुक्त गर्ने र पूर्व राजदूतहरुलाई सम्मान गर्ने कार्यक्रममा प्रचण्डलाई प्रमुख अतिथि बनाइएको थियो ।

प्रमुख अतिथिको रुपमा बोल्दै प्रचण्ड सम्राट अशोकको महिमा सुनाउँदै थिए । बुद्धको मुर्तिलाई दाहिने पारेर बसेका प्रचण्डको पृष्ठभूमीमा अन्य बुद्ध प्रतिमाले आड दिइरहेको देखिन्थ्यो । अनि भन्दै थिए–‘कता, कता म पनि नेपालको राजनीतिक भुमरीमा अशोकको भूमिकामा देखिएको छु ।’

‘इतिहास र घटनाक्रमले मलाई कहिँ न कहिँ अशोकको नजिकतिर लगिरहेको थियो,’ उनी गम्भीर सुनिए, ‘एउटा ठूलो युद्धको नेतृत्वबाट शान्तीको बाटोमा आएँ, त्यसैले एउटै पात्र दुईवटा भूमिकामा जसरी अशोक देखिए म पनि त्यसैगरी देखिएँ ।’

प्रचण्डले आफूलाई अशोकसँग तुलना नै नगरे पनि आफ्नो र सम्राट अशोकको जीवनमा मेल खाएको आशय ब्यक्त गर्दै थिए । सम्राट अशोक पनि युद्धबाट शान्तीमा आएको र आफूले पनि त्यही युद्धको चित्कार सुनेर शान्तीको बाटो पछ्याएको प्रसंग निकाले ।

‘इतिहास र घटनाक्रमले मलाई कहिँ न कहिँ अशोकको नजिकतिर लगिरहेको थियो,’ उनी गम्भीर सुनिए, ‘एउटा ठूलो युद्धको नेतृत्वबाट शान्तीको बाटोमा आएँ, त्यसैले एउटै पात्र दुईवटा भूमिकामा जसरी अशोक देखिए म पनि त्यसैगरी देखिएँ ।’

कलिङ युद्घपछि पश्चाताप गर्दै सम्राट अशोकले मान,पद,प्रतिष्ठा,सम्मान र सबै किसिमका भौतिक सुख त्यागे । शान्तीको मार्गमा आएपछि सबै मोह–माया त्यागे ।

प्रचण्डले युद्घ त्यागे । शान्ति प्रक्रियामा आउन राजी पनि भए । तर पदीय आशक्ति,पारिवारिक मोह र राजनीतिक शक्तिको केन्द्रमा आफू रहिरहनुपर्ने लालसा भने प्रचण्डले कहिल्यै त्यागेनन् ।

बुद्घसँग त कहिले सम्राट अशोकसँग जोडेर प्रचण्ड आफूलाई शान्तिवादी बताउन बिर्सिदैनन् ।

खासमा प्रचण्ड के हुन ?

माओवादी,माक्र्सवादी,लेनिनवादी,स्टालिनवादी वा शान्तिवादी !

भिडियो:

यो पनि…
बुद्ध अभियानमा जोडिए सेलिब्रिटी, सम्मानित भए पूर्व राजदूतहरु (भिडियो पनि)
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक

ओलीजस्तै प्रचण्ड



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested