English

विदेशको सपना लत्याएर बङ्गुरमा भविष्य खोज्दै युवा



विदेशको सपना लत्याएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै छन् । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उनको पशुपक्षी फार्म छ । फार्ममा अहिले ४२ बङ्गुर छन् । गत साउनबाट सुरु गरेको बङ्गुरपालन व्यवसायमा उनले रु २१ लाख लगानी गरेका छन् ।

फार्ममा एक सय ७० बङ्गुर पाल्ने क्षमता छ । राना बङ्गुर थप्दै जाने योजनामा छन् । गत भदौयता बङ्गुर बेचेर चार लाख जति कमाइ भित्राएको उनले सुनाए । बङ्गुरपालक किसानले धेरैजसो पाठापाठीबाट आम्दानी गर्छन् । मासुका लागि बेच्दा प्रतिकिलो रु. तीन सय ७० सम्म पर्छ । महिनादिन पुगेका पाठापाठी रु. ६ हजारमा बिक्री हुने गरेको किसान बताउँछन् ।

माउ बङ्गुरले एकै बेतमा १६/१७ वटासम्म पाठापाठी पाउँछ । ‘फार्मबाट धेरै पाठापाठी नै बिक्री हुन्छन्, हुर्केका बङ्गुर मासुका लागि बजार जान्छ’, व्यवसायी रानाले भने, ‘बजार माग बढ्दै गएकाले बङ्गुरमा गरेको लगानी खेर जाँदैन, व्यवसाय सन्तोषजनक नै छ ।’ उनले पहिले सोही ठाउँका याम पुनले चलाएको फार्म किनेका हुन् ।

बङ्गुर फार्मसँगै उनको ब्लक उद्योग पनि छ । दुवै व्यवसायमा उनको रु ३२ लाख जति लगानी छ । छ जनाले रोजगारी पाएका छन् । उनले ब्लक र फार्मका लागि वार्षिक रु ४२ हजार तिर्ने गरी ठेउलेखोलाछेउ जग्गा भाडामा लिएका छन् ।

अरुपनि बङ्गुर फार्म लहरै छन् । जेनिसा बङ्गुर फार्ममा रहेका ३० बङ्गुरमध्ये छ ब्याउने छन् । ती सबै ब्याउँदा पाठापाठीले खोर भरिभराउ हुन्छ । फार्मका सञ्चालक कमला थापाले दुई वर्षदेखि बङ्गुरपालन व्यवसायमा लागेको बताए । कुश्मीसेरा बजारमा उनको मासु पसल पनि छ ।

न्यून पूँजी भएका किसानले पनि बङ्गुरपालनबाट वर्षमा चार/पाँच लाख रुपैयाँ कमाउन थालेका छन् । थोरै लगानी र कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन रोजाइमा पर्न थालेको हो । किसानलाई बङ्गुरपालनमा प्रोत्साहित गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाले अनुदान सहयोग गर्दै आएको छ ।

यही नजिकै विकास श्रीसको बङ्गुरपालन व्यवसाय छ । त्यहाँ अहिले १७ वटा बङ्गुर छन् । १२ लाख खर्चेर तीन वर्षअघिदेखि बङ्गुर फार्म चलाएको श्रीसले बताए । उनीसँग हाँस र माछापालन गर्ने योजना पनि छ । वार्षिक रु. २१ हजार तिर्नेगरि जग्गा भाडामा लिएर श्रीसले फार्म खोलेका हुन् ।

मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालनमा किसानको आकर्षण बढेको जैमिनी नगरपालिकाका पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । अहिले गाउँगाउँमा व्यावसायिक रुपमा बङ्गुर पाल्ने क्रम बढेको उनको अनुभव छ । पहिले थोरै पाल्ने किसानले पनि अहिले संख्या बढाउँदै लगेका छन् । लगानी थपेका छन् ।

न्यून पूँजी भएका किसानले पनि बङ्गुरपालनबाट वर्षमा चार/पाँच लाख रुपैयाँ कमाउन थालेका छन् । थोरै लगानी र कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन रोजाइमा पर्न थालेको हो । किसानलाई बङ्गुरपालनमा प्रोत्साहित गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाले अनुदान सहयोग गर्दै आएको छ ।

दर्ता भएका र मापदण्ड पूरा गर्ने बङ्गुरपालक किसानलाई नगरपालिकाबाट प्रोत्साहन अनुदानबापत रु. २५ हजार सहयोग गरिएको पशु शाखा प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार जैमिनीभरिमा सयभन्दा बढी किसान बङ्गुरपालन व्यवसायमा छन् । व्यवसाय दर्ता गरेर चलाउनेको संख्या भने कम छ ।

जैमिनी–१० को राङखानी बङ्गुरपालनका लागि बढी उपयुक्तस्थल मानिन्छ । त्यहाँ बङ्गुरको पकेट क्षेत्र विकास गर्न पशु सेवा विज्ञ केन्द्रले योजना सञ्चालन गरेको छ । जैमिनीसहित बागलुङ, गलकोट नगरपालिका, काठेखोला गाउँपालिकालगायतका क्षेत्रमा बङ्गुरपालन व्यवसाय फस्टाउँदो छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका