English

धौलागिरीमा पहिलोपटक फिल्म महोत्सव



धौलागिरिमा फिल्म पर्यटनको विकास गर्ने उद्देश्यले साविकको धौलागिरि अञ्चलमा नै पहिलोपटक फिल्म महोत्सव आयोजना गरिने भएको छ। धौलागिरिका युवाहरूले स्थापना गरेको अहुरी इन्टरटेन्मेन्टले भोलि बुधबारदेखि पुस १० गतेसम्म पर्वतको कुस्मामा चारदिने प्रथम धौलागिरी चलचित्र महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा धौलागिरि क्षेत्रमै छायांकन भएका सानो तथा ठूलो पर्दाका गरी ३० भन्दा धेरै फिल्म प्रदर्शन गर्ने तयारी छ। पर्वतको कुश्मा बजारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीले सुस्ताएको फिल्म बजारलाई ब्युँझाउने गरी कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

त्यसकाे अलावा धार्मिक तथा प्राकृतिक पर्यटनमा फड्को मार्दै गरेको पर्वतसहित धौलागिरिका जिल्लालाई समेटेर चलचित्र छायांकन गर्नेका लागि पनि चलचित्र महोत्सव एक अवसरका रूपमा उपयोग हुने आयोजकले बताए। महोत्सव पर्वतको सदरमुकामको सिद्धेश्वर चलचित्र हलमा हुनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested