English

अबदेखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने



मंगलबारदेखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन् । यसको अर्थ एनड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने, टेक्स्ट मेसेज नपठाउने, इन्टरनेटको पहुँच नहुने र फोन गर्न मिल्दैन ।

अधिकांश मोबाइल प्रयोगकर्ताले ब्ल्याकबेरी चलाउन छोडेका छन् । यसको अन्तिम भर्जन भने सन् २०१३ मा लन्च गरिएको थियो । उद्यम र विश्वभरका सरकारहरुलाई सुरक्षित सफ्टवेयर र सेवा दिने प्रयासस्वरुप कम्पनीले गत वर्षको सेप्टेम्बरमा यस बारेमा घोषणा गरेको थियो ।

ब्ल्याकबेरी सन् २०१६ देखि नै फोन बजारबाट टाढा भएको थियो । तर, वर्षैंदेखि यसले विभिन्न फोन निर्मातालाई आफ्नो ब्रान्डमार्फत लाइसेन्स दिँदै आएको थियो । हालसालै उसले अनवार्डमोबिलिटीलाई लाइसेन्स दिएको थियो ।

ब्ल्याकबेरीका पुराना सेल फोन सन् १९९० र सन २००० को दशकमा निकै लोकप्रिय थिए ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested