English

जसले नबोलिकनै कमाए एक अर्बभन्दा धेरै फलोअर्स



टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा खाबी लेम दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ । उनको टिकटक खातालाई १ अर्बभन्दा बढी व्यक्तिले फलो गरेका छन् र त्यसमा उनले एक अर्ब २० करोडभन्दा बढी लाइक पाएका छन् । कैयौं व्यक्तिहरूले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

अमेलियो टिकटकमा एक अर्ब फलोअर पु¥याउने पहिलो व्यक्ति हुन् अहिले उनको एक अर्ब ३५ करोडभन्दा बढी फलोअर छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन् । २१ वर्षीय लेमको अहिले इटलीमा बसाबास रहेको छ । एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड–१९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन शुरु गरेका थिए ।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन् । बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर, भिडिओमा उनी बोल्दैनन् । उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested