English

आज ५ दशमलव ५१ अंकले बढ्याे नेप्से



बुधबार सेयर बजार पाँच दशमलव ५१ अंकले बढेको छ । यो साताको पहिलो दिन आइतबार पनि ७१ अंकले बढेको नेप्से दुई दिनमा त्यति नै अंकले घटकाे थियाे । सोमबार ६९ र मंगलबार २ अंकले घटेकाे नेप्से बुधबार फेरि पाँच दशमलव ५१ अंकले वृद्धि भई २५२४ दशमलव ४० अंकमा पुगेर बजार बन्द भएको हो । यसदिन २ सय २८ कम्पनीको ५६ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अस्थिर बन्दै सेयर बजार

बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिरता देखिन थालेको छ । सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् ।

लामो समय घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साता मंगलबारदेखि उच्च अंकले बढ्न थालेकाे छ । यसअघि, नेप्से सूचक २३ सयको लाइनमा झरिसकेको अवस्थामा मंगलबार ५६, बुधबार ९२ र बिहीबार १२ अंकले बढेर गत साता नेप्से सूचक २५२० अंकमा पुगेर बन्द भएको थियो ।

बुधबार बैंकिङ, हाइड्रोपावर, होटल्स तथा टुरिजम, निर्जीवन बीमा, उत्पादन, लघुवित्तलगायतका समूहगत परिसूचक सकारात्मक देखिएका छन् । चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र व्याजदर वृद्धिले सेयर बजार प्रभावित हुन थालेको छ । सँगसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारमा झनै नकारात्मक प्रभाव पर्‍यो ।

पछिल्लो समय बजारमा प्रभाव पर्ने गरी कुनै नीतिगत परिवर्तन या कम्पनीको वित्तीय विवरणमा असर नपरेपनि सेयर लगानीकर्ताहरू बजार मनोविज्ञानबाट प्रभावित भइरहेक छन् । सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध नभएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेयर बजारप्रतिको टिप्पणीले समेत बजार प्रभावित हुन थालेको देखिन्छ ।

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested