English

यसकारण सजाइन्छ ‘क्रिसमस ट्री’



डिसेम्बर २५ विश्वभर सद्भाव र प्रेमका साथ प्रभु येशुको जन्मदिनको उत्साहको रूपमा क्रिसमस मनाइन्छ । क्रिसमसमा, चर्च जाने, प्रार्थना गर्ने, घर सजाउने र केक काट्ने चलन छ, जुन संसारभरका मानिसहरू गर्छन् । तर, यससँगै क्रिसमसको अवसरमा मानिसहरू घरमा ‘क्रिसमस ट्री’ ल्याएर सजाउने गर्छन् । घरमा हुने वास्तु दोषलाई रोक्न क्रिसमस ट्रीले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मान्यता छ ।

यसकारण क्रिसमस ट्री
चिनियाँ वास्तुशास्त्रअनुसार घरको नकारात्मक ऊर्जालाई हटाउन क्रिसमस ट्री विशेष मानिन्छ । जुन परिवारमा नकारात्मक ऊर्जाको छायाँ हुन्छ, त्यस परिवारमा क्रिसमस ट्री रोप्दा नकारात्मक ऊर्जाको अन्त्य हुने जनविश्वास रहेको छ । साथसाथै, परिवारमा खुसी रहन्छ । चिनियाँ वास्तु शास्त्रका अनुसार क्रिसमस ट्रीसँग सम्बन्धित केही वास्तु टिप्स अपनाएमा परिवारमा सधैं खुसी रहने विश्वास छ ।

क्रिसमस ट्रीको इतिहास
क्रिसमस ट्री अर्थात् सदावहार रूखको ठूलो महत्व छ । इजिप्ट र रोमका घरहरूमा जीवनको प्रतीकका रूपमा सदावहार रूखहरू राख्नु धेरै शुभ मानिन्छ । यी रूखहरू येशू ख्रिस्टको जन्म हुनुभन्दा अघिदेखि नै थिए । इसाई धर्मका १६औं शताब्दीका सुधारक मार्टिन लुथरले २४ डिसेम्बरको साँझ हिउँले ढाकिएको जंगलमा हिँड्दा एउटा सदावहार रूख देखेका थिए । रूखका हाँगाहरू चन्द्रमाको उज्यालोले चम्किरहेका थिए । त्यो देखेर लुथर आकर्षित भएर घर आए र सदावहार रूख रोपे ।

सानो मैनबत्तीसँग रूख सजाइएको । त्यसपछि उनले येशू ख्रिस्टको जन्मदिनको सम्मानमा सदावहार रूखलाई सजाउनुका साथै यो रूखलाई मैनबत्ती बालेर प्रज्ज्वलन गरे । यो रूख पहिलोपटक १८औँ शताब्दीमा अमेरिकाका एक व्यापारीले बेचेका थिए, त्यसपछि क्रिसमसमा संसारभर यस रूखको माग बढेको थियो ।

येशू ख्रिस्टको जन्म हुँदा जाडोको मौसम थियो र संसारभरका रूखहरूले चमत्कारी ढंगले हिउँ हटाएर नयाँ हरियो पातहरू उत्पादन गरेपछि क्रिसमस ट्री लगाउने चलन शुरु भएको पनि जनविश्वास छ ।

क्रिसमस ट्री रोप्ने विधि
वास्तुशास्त्रका अनुसार क्रिसमस ट्रीले बालबालिका र वृद्धवृद्धाबीच एकताको भावनालाई बढाउँछ, जसले गर्दा घरमा तनाव हुँदैन । यसले परिवारसँगै परम्परालाई जीवित राख्ने काम गर्छ । यही कारण क्रिसमसको दिन सम्पूर्ण परिवारले मिलेर क्रिसमस ट्री सजाउने गर्छन्, जसले गर्दा घरका सबै सदस्यहरूबीच मेलमिलाप कायम हुन्छ ।

वास्तुशास्त्रअनुसार क्रिसमस ट्री उत्तर दिशामा राख्नुपर्छ । यसलाई उत्तर–पूर्व दिशामा पनि राख्न सकिन्छ । क्रिसमस ट्रीको आकार त्रिकोणीय हुनुपर्छ । वास्तुमा त्रिकोणीय आकारलाई अग्निको प्रतीक मानिन्छ । क्रिसमस ट्री दक्षिण कोणमा राख्नु हुँदैन, यसले नोक्सान पु¥याउँछ ।

सकारात्मक उर्जका लागि क्रिसमस ट्री
– क्रिसमस ट्रीले घरमा सधँै सकारात्मक ऊर्जा फैलाउँछ । क्रिसमस ट्रीमा धनको वास हुने जनविश्वास छ । यो बिरुवा कहिल्यै रूख बन्दैन, यो आफ्नो अधिकतम उचाइ पछि बढ्दैन । त्यसैले यसलाई घरमा राख्न धेरै ठाउँ पनि चाहिँदैन । क्रिसमस ट्री घरमा राख्नाले घरमा धनको अभाव हट्छ ।

– वास्तुअनुसार यदि घरमा कुनै प्रकारको नकारात्मक उर्जा छ भने क्रिसमस ट्रीले त्यसलाई नष्ट गर्छ र घरमा धनको वृद्धि हुन्छ । घरको दक्षिणी भागमा क्रिसमस ट्री राख्नु हुँदैन किनभने घरको दक्षिणी भागमा ट्री राख्दा फाइदाको सट्टा धेरै हानि हुन सक्छ ।

– क्रिसमस ट्री सजाउँदा, यसको वरिपरि मैनबत्ती राखिन्छ । मैनबत्ती बाल्दा सकारात्मक उर्जा प्राप्त हुन्छ भन्ने विश्वास मानिसहरूको छ । अर्कोतर्फ, यदि यसको वरिपरि सुगन्धित मैनबत्ती राखियो भने, अझ बढी सकारात्मक ऊर्जा थपिन्छ ।

– अहिलेको समयमा मानिसहरू बजारबाट प्लास्टिकको क्रिसमस ट्री किन्ने गर्छन् । तर, प्राकृतिक क्रिसमस ट्रीले वास्तु दोष हटाउन सकिन्छ भन्ने कुरा धेरै कम मानिसलाई थाहा होला । त्यसैले, घरमा वास्तविक क्रिसमस रूख ल्याउनुहोस् ।

– मानिसहरूले क्रिसमस रूखलाई बत्ती र रिबनले सजाउँछन् । केही मानिसहरूले क्रिसमस ट्रीमा घण्टी पनि बाँध्छन् । चिनियाँ मान्यताअनुसार घण्टीको आवाज निकै प्रभावकारी हुन्छ, घण्टीबाट निस्कने कम्पनले सम्पूर्ण शरीरमा नयाँ ऊर्जा दिन्छ । साथै, घण्टीको आवाजले दुष्ट आत्मा र दुष्ट शक्तिहरू भाग्छन् ।

– चिसो मौसममा स्वच्छ हावा पाउन निकै गाह्रो हुन्छ । यो चिसो मौसममा, धुवाँ कुहिरोसँग मिसिएर धुवाँ हुन्छ जुन निकै खतरनाक हुन्छ । यस्तो अवस्थामा घरमा प्राकृतिक क्रिसमस ट्री राख्नुभयो भने घरमा स्वच्छ हावाको प्रवाह हुन्छ ।

क्रिसमस ट्रीले दिन्छ लाभ
क्रिस्चियन धर्मावलम्बीसँगै अहिले अन्य धर्मका मानिसले पनि क्रिसमसको बिरुवा घरमा ल्याउने गरेका छन् । यो सदावहार बिरुवाले जीवनमा खुसी दिने र कडा जाडोमा जीवन सञ्चार गर्छ भन्ने मान्यता छ । यो बिरुवा धेरै तरिकामा हाम्रो लागि उपयोगी र लाभदायक छ ।

– अन्य सजावटी बिरुवाजस्तै यो घरको सौन्दर्य बढाउन प्रयोग गरिन्छ । यो बिरुवाले घरभित्रको हावालाई शुद्ध बनाउँछ ।
– घरलाई किराहरूबाट टाढा राख्छ । क्रिसमस ट्री बस्ने घरमा किराहरू हुँदैनन् र ब्याक्टेरियाले आफ्नो घर बनाउन सक्दैनन् ।
– नकारात्मकता हटाएर क्रिसमस ट्रीले घरमा खुसी ल्याउँछ । नकारात्मकताले घरका सदस्यहरूलाई हानि हुँदैन ।
– क्रिसमस ट्रीमा धनको देवीदेउताको वास हुन्छ । यो बिरुवा बस्ने घरमा धनको कुनै कमी हुँदैन ।
– क्रिसमस ट्रीले परिवारमा मानिसहरूबीच प्रेम बढाउन काम गर्छ ।

यो पनि पढ्नुहोस् :
रक्तदानमा जुटेका बुटवलका नेवाः मयजु
मौसम खुलेसँगै हिउँमय शे-फोक्सुण्डो ताल (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली