रक्तदानमा जुटेका बुटवलका नेवाः मयजु
‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ५० रक्तदाताले रक्तदान गरेका थिए । अस्पतालको शैयामा छटपटाइरहेका बिरामी रगत अभावमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष बबिता श्रेष्ठले बताइन् । बुटवल उपमहानगरपालिका वार्ड न. ३ को सभाहलमा आयोजित कार्यक्रममा उक्त वडाका अध्यक्ष तथा प्रमुख अतिथि विष्णु ढकालले रक्तदानलाई महान कार्य बताउँदै आफ्नै वडामा उक्त कार्यक्रम आयोजना भएकामा खुशी व्यक्त गरे । विगतमा आफुले पनि दर्जनौंपटक रक्तदान गरेको स्मरण गर्दै यस कार्यलाई प्रोत्साहन दिनुपर्ने बताए ।

कैयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएकाले रगत अभाव हुन नदिन केही मद्दत पुगोस् भन्ने हेतु रक्तदान आयोजना गरिएको संस्थाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक पिंकी श्रेष्ठले सुनाइन ।
मिलन टोलका अध्यक्ष माधव पाण्डेले भिमसेन नेवाः मयजुले रक्तदानमा सबै जाति र धर्मका व्यक्तिहरुलाई जोडेर एकता धार्मिक सहिष्णुताको सन्देश दिएको बताए । वडाको इतिहासमै पहिलोपटक यस्तो राम्रो काम भएको सुनाउँदै उनले आफुले पनि यसमा सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे ।
रक्तदाताहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा आयोजक नेवाः पुचले वडा नम्बर ३ स्थित विभिन्न समाजसेवीहरुलाई सम्मानित समेत गरेको थियो । बरिष्ठ उपाध्यक्ष शारदा श्रेष्ठले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालक संस्थाकी महासचिव अर्पणा श्रेष्ठ र सक्सेस रानाले गरेका थिए ।
































Logan
Hi, afdter reading tthis awesome article i amm aas well glad too sharte my knowkedge herfe wiyh colleagues. xnxx Here iis mmy bloig pkst ... bili tube