मेलिना राईको स्वरमा ‘सँगै बाँचौँला’



गायिका मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ । नेपालकै गाउँघरको यथार्थ समेटिएकाे उक्त भिडियोमा प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ ।

रेजिना तुलाधरद्वारा पहिलोपटक निर्देशित उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गरेका हुन् । ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन्। श्वेतासँगै इभेन्टमा रोहित रोय,

दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८ वर्षपछि उनीहरूले

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन्। महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको

बलिउड निर्देशक जेपी दत्ताले सन् १९९७ मा सनी देओल, सुनील सेट्टी र अक्षय खन्ना जस्ता स्टारलाई लिएर फिल्म ‘बोर्डर’ बनाएका

Suggested