English

ज्याकलिनको १० करोड जफत !




अभिनेत्री ज्याकलिन फर्नान्डिज पुनः चर्चामा आएकी छन् । भारतमा ठग भनेर चिनिएका सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा ज्याकलिनमाथि करोडौं रुपैयाँ खर्च गरेका कारण अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ ।

सुकेश मनी लन्ड्रिङ मामलामा दुई सय करोड रुपैयाँको हो । सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएकाले अब इडीले ज्याकलिनबाट करिब १० करोड बराबरको सम्पति जफत गर्ने तयारी गरिरहेको छ ।

ज्याकलिनले डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा सुकेशबाट करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन् । सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडा जस्ता उपहार दिएका थिए । सुकेशले अर्की अभिनेत्री नोरा फतेहीलाई बीएमडब्ल्यू कार पनि उपहारमा दिएका थिए । जसलाई पनि इनफोर्समेन्ट डायरेक्टरेट जफत गर्ने तयारीमा छ ।

डायरेक्टरेटका अनुसार ज्याकलिन सुकेशसँग सन् २०१७ देखि सम्पर्कमा थिइन् । उनले आफ्नो परिचय दिवंगत जयललिताको परिवारसँग जोडेका छन् ।

इडीका अनुसार ज्याकलिनकी बहिनीले समेत सुकेशबाट डेढ लाख डलर ऋण लिएकी छन् । यसबाहेक १५ लाख रुपैयाँ उनको भाइको एकाउण्टमा सारिएको छ । नोरा र ज्याकलिनका अलावा बलिउडका १० कलाकारको नाम सुकेश मामलामा जोडिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य