English

दोहोरो अंकले बढ्यो सेयर बजार



साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

बिहीबार चार अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ । बुधबार चार अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो । बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी रहेको छ । यस कम्पनीको ३६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका सबै समूहको सूचकमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको सूचक हरियो देखिएका छन् । नेप्सेकाअनुसार बिहीबार शिखर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६८८ रुपियाँ पुगेको छ ।

त्यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य पनि नौ दशमलव ३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपियाँ पुगेको र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव सात प्रतिशतले बढेर प्रतिकित्ता चार हजार ४९८ रुपियाँ पुगेको नेप्सेले जनाएको छ । गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा गिरावट आएको छ । आज यसको सेयर मूल्य छ दशमलव ७४ प्रतिशत भन्दा बढीले घटेको छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested