English

लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण



लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुुटी संरक्षणमा लागेका छन् । उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोपेका छन् ।

सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी गाउँपालिकाका–१० जना युवाहरू आपसमा मिलेर एक वर्षअगाडि लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेका छन् । उनीहरूले १० रोपनी जग्गामा सतुवा खेती सुरु गरेका छन् ।

सतुवा खेतीमा लागेका तामाङले सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीप जिल्लाका विभिन्न ठाउँमा रहेका अन्य किसानलाई पनि सिकाउँदै आएका छन् ।

सुरुमा दोलखाबाट प्रति बिरुवा ८० रुपैयाँका दरले ५०० बिरुवा ल्याएर एक रोपनी जग्गामा उनले सतुवा खेती सुरु गरेका हुन् । अहिले उनले पाँच रोपनीमा रहेका तीनवटा ग्रीन हाउसमा करिब १२ हजार सतुवाको बिरुवा रोप्ने योग्य बनाएका छन् ।

‘अलैँची खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने मेरो सोच छ,’ उनले भने । तामाङले छिनखोलामा ४० रोपनी पाखो जग्गामा अलैँची खेती गरेका छन् । अलैँची खेतीसँगै अहिले उनी सतुवा खेतीलाई व्यावसायीक रुपमा अगाडि बढाएका छन् । उनले भने, ‘कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीतर्फ आकर्षित भएको हुँ ।’

सुरुमा दोलखाबाट प्रति बिरुवा ८० रुपैयाँका दरले ५०० बिरुवा ल्याएर एक रोपनी जग्गामा उनले सतुवा खेती सुरु गरेका हुन् । अहिले उनले पाँच रोपनीमा रहेका तीनवटा ग्रीन हाउसमा करिब १२ हजार सतुवाको बिरुवा रोप्ने योग्य बनाएका छन् ।

‘सुरुमा एक लाखबाट सुरु गरेको सुतवा खेतीमा अहिले करिब १५ लाख लगानी भइसकेको छ,’ तामाङले भने । उनीमात्र होइन छिनखोलाकै दिनेश तामाङ पनि लकडाउनको समयमा अहिले सतुवा रोपेर दिन बिताएका छन् ।

बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । ‘सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘अन्य खेतीमा भन्दा सतुवा खेतीमा किसानलाई फाइदा छ ।’

अहिले छिनखोलामा अलैंचीसँगै सतुवा खेतीमा पनि स्थानीयको आर्कषण बढेको चितरीमायाँ तामाङ बताउँछिन । उनीमात्र होइन मर्स्याङ्दी गाउँपालिका–८ रिङटाङकी कृष्णकुमारी गुरुङ पनि गतवर्ष कोरोना महामारीसँगै बजारबाट गाउँ फर्किएकी छन् ।

तुवा जंगलमा पाइने एक प्रकारको जडीबुटी हो । समुद्री सतहदेखि १४ सय मिटरमाथि उचाइसम्ममा यसको खेती गर्न सकिन्छ ।

लामो समयदेखि बेसीशहरमा बस्दै आएकी कृष्णकुमारी गतवर्ष गाउँ फर्किएसँगै बाँझो एक रोपनी जग्गामा सतुवा खेती गरेकी छन् ।

उनी भन्छिन्, ‘कोरोनाले बेसीशहरमा बस्ने उपाय भएन, गाउँ फर्किएसँगै अहिले कृषिकर्ममा लागेकी छु ।’

सतुवा जंगलमा पाइने एक प्रकारको जडीबुटी हो । समुद्री सतहदेखि १४ सय मिटरमाथि उचाइसम्ममा यसको खेती गर्न सकिन्छ ।

संरक्षणको अभावमा सतुवा जडीबुटी हराउँदै जान थालेको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताए । उनका अनुसार सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । सतुवा बहुमूल्य जडीबुटी रहेको उनले बताए ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested