English

सेयर बजार ५६ दशमलव ७३ अंकले बढ्यो नेप्से



मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा  हिमालयन डिष्ट्रिलरी छ । याे कम्पनीको आज १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।       

सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन् । नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ । 

त्यस्तै, आज गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested