English

महिलामा सेतो पानी बग्ने कारण र बच्ने उपाय




प्रजनन उमेरका महिलामा सामान्य पातलो सेतो पानी बग्नु स्वभाविक प्रक्रिया हो । महिनावारीको चक्रको क्रममा पातलो सेतो पानी बग्दा आत्तिनु पर्दैन । ह्वाइट डिस्चार्ज महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी बग्नु वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो । कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ । यसले अन्य रोगको संकेत पनि गर्छ ।

कारण

यौन रोग, प्रजनन् अंगको संक्रमण, पाठेघरमा समस्या लगायतका कारणले सेतो पानी बग्ने गर्छ । साथै जंक फुडको धेरै सेवन, अस्वस्थ खानपानको कारण पनि सेतो पानी बग्ने समस्या हुन्छ ।

महिनावारी रोकिएका महिलाको प्रजनन उमेरका महिलाकोभन्दा कम सेतो पानी बग्छ । तर त्यो चाहिनेभन्दा धेरै बग्यो भने समस्या हुन सक्छ ।
त्यसबाहेक पानी बग्दा गन्ध आयो, यौनाङ्ग चिलाउन, पोल्न, दुख्न थाल्यो भने पनि समस्या भएको हुनसक्छ । धेरै जनासँग यौन सम्र्पक राख्ने महिलालाई संक्रमण हुने र योनीबाट सेतो पानी बग्ने समस्या धेरै हुन्छ ।

यस्ता समस्या संक्रमणको कारणले हुन्छ । यौन अङ्गमा प्राकृतिक रुपमा नै विभिन्न ब्याक्टेरिया रहेका हुन्छन् । बाहिरी किटाणुले आक्रमण ग¥यो भने समस्या उत्पन्न हुन्छ ।


बच्ने उपाय र उपचार


– यौनाङ्गको सरसफाइमा विशेष ध्यान दिने ।
– खानपानमा विशेष ध्यान दिने ।
– प्रसस्त मात्रामा पानी पिउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले