English

पढ्नै पर्ने यी तीन पुस्तक



हरेकका आ–आफ्नै चाहना हुन्छन् । तिनै चाहनालाई मूर्तरूप दिन हामी आफूले चाहेका राम्रा काम गर्न रुचाउँछौँ । हप्तामा अन्य दिन हामी विशेष गरेर अफिसको काममा ब्यस्त भएपनि शनिवार भनेँ घरमै बसेर वा अन्य कतै गएर केही रमाइलो गरौँ भन्ने सोच्छौँ । तर कसैको पुस्तक पढ्ने चाहना पनि हुन सक्छ । यदि पुस्तक पढेर आजको विदा कटाउँछु भन्ने योजना बनाउनु भएको छ भने तपाईले यी तीन पुस्तक पढेर विदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

१. बाबु, आमा र छोरा

विश्वेश्वर प्रसाद कोईरालाको उपन्यास हो, ‘बाबु, आमा र छोरा ।’ यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो । कोईरालाले यो उपन्यासमा व्यक्तिमा दमित इच्छा, भावना एवम् मनोद्वेगहरूलाई स्वतन्त्र रूपमा आत्मनिर्णय गर्न दिइनुपर्छ भन्ने सन्देश दिएका छन् । त्यसैले, यो उपन्यास एकपटक पढ्नै पर्छ जस्तो लाग्छ ।

२.सुम्निमा

यो उपन्यास पनि साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाद्वारा रचित उपन्यास हो । यसमा सुम्निमा र सोमदत्तबीचको प्रेमप्रसंगको यौन मनोविज्ञानको बारेमा विश्लेषण गरिएको छ । यसमा एक व्राह्मणले आफ्नो धर्म त्याग्दा समाजमा के असर पर्दो रहेछ भनेर देखाउन खोजिएको छ । उपन्यासमा कोईरालाले प्रेमले मानिसलाई शारीरिक रूपमा टाढा बनाए पनि मानसिक रूपमा नजिक नै राख्छ भन्ने सन्देश दिएका छन् ।

३. शिरिषको फूल

साहित्यकार पारिजातले शिरिषको फूल उपन्यास २०२२ सालमा आफैँले प्रकाशन गरेकी थिइन् । यो पुस्तकले २०२२ सालमा मदन पुरस्कार समेत प्राप्त गरेको थियो । मेरो विचारमा यो पुस्तकपछि जति लभस्टोरीका पुुस्तक निस्किए, तिनमा यसमा जति प्रेमको बारेमा राम्रोसँग लेखेको पाइएको छैन । यो पुस्तकलाई २०२४ मा संसार र २०३८ सालमा साझा प्रकाशनले पुनः प्रकाशन गरेको थियो । यो पुस्तक अंग्रेजीमा ‘द ब्लूू मिमोसा’ शीर्षकमा अनुवाद भई अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयमा पढाई हुन्छ । पुस्तकमा विसंगतिका बीच रुमलिएको जीवनलाई चरित्रचित्रणको मूल आधार बनाइएको छ ।

(सञ्चारकर्मी अच्युत घिमिरेले चयन गरेका तीन पुस्तक)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested